पूर्वाञ्चल क्यान्सर अस्पतालको पेट सिटी स्क्यानको उद्घाटन यूएईका राजकुमारले गर्दै
हेल्थ टिभी अनलाइन \काठमाडौं : झापास्थित पूर्वाञ्चल क्यान्सर अस्पतालमा रहेको पेट सिटी स्क्यानको उदघाटन यूएईका राजकुमार शेख मोहम्मद विन मक्तोमिउम जुमालले गर्ने भएका छन।
त्यसका लागि उनी आजै झापा पुगेका छन्। उनी नीजि विमानबाट काठमाडौं आएर सिधै झापा पुगेका हुन्। योसँगै राजधानीबाहिरबाट पेट सिटी स्क्यान सुरु गर्ने पूर्वाञ्चल क्यान्सर अस्पताल पहिलो अस्पताल बन्नेछ । अस्पतालले २ वर्ष अघि नै पेट सिटी स्क्यान ल्याएको भए पनि मेशिन सञ्चालन कार्यविधि नहुँदा सेवा सुरु हुन सकेको थिएन ।
सो पेट सिटी स्क्यान सुरु भएपछि पूर्वाञ्चलका बिरामी लगायत समस्त क्यान्सरका बिरामीलाई क्यान्सरको निदानमा भारत वा विदेश जानुुपर्ने बाध्यता हट्नेछ ।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण