आंशका मंकीपक्सको, पुष्टि भयो कुष्ठरोग
हेल्थ टिभी अनलाइन \काठमाडौं : बिहिबार मंकीपक्सको संक्रमण जस्तै लक्षण देखिएका एक युवकलाई शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा राखेर उपचार गरिएकोमा उनमा मंककीपक्स नभई कुष्ठरोग पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज एक विज्ञप्ति जारी गर्दै मंकीपक्सको शंका लागेर परीक्षण गर्दा उनमा कुष्ठरोग पुष्टि भएको जनाएको हो । मन्त्रालयले जारी गरिएको विज्ञप्तिमा भनिएको छ , ‘विमानस्थलमा रहेको हेल्थ डेस्कमा दुबईबाट आएका एक जना २६ वर्षका युवामा शंका लागेर परीक्षण र परामर्शका लागि टेकु अस्पताल पठाइएकोमा राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालकाे विज्ञ टोलीले जाँच गर्दा उनमा मंकीपक्स नभई कुष्ठरोग पुष्टि भएको हो ।’
उनमा गरिएको आशंका पुष्टि नभएसँगै नेपालमा हालसम्म मंकीपक्सका बिरामी पुष्टि नभएको पनि मन्त्रालयले जानकारी दिएको छ । विश्वका २९ देशमा मंकीपक्सको संक्रमण देखिएको छ भने १ हजारभन्दा बढी संक्रमित भइसकेको बताइएको छ । विश्वव्यापी रुपमा यसको संक्रमण बढ्दै गएकाले हामी पनि सचेत हुन भने जरुरी रहेको मन्त्रालयले जनाएको छ ।
वायु प्रदूषण बढेकाले सावधानी अपनाउन अपिल
औषधीय गुणले भरिपूर्ण सिस्नो
कर्णालीमा पहिलोपटक कम्युनिटी मेन्टल हेल्थ सम्बन्धी अन्तराष्ट्रिय सम्मेलन हुँदै
क्यान्सर भएको पुष्टि भएका यूकेका राजा चार्ल्सले पुनः सार्वजनिक दायित्व निर्वाह गर्ने
न्युरोसाइन्स सम्बन्धी १४ दिने अन्तराष्ट्रिय वर्कशप काठमाडौंमा