आंशका मंकीपक्सको, पुष्टि भयो कुष्ठरोग
हेल्थ टिभी अनलाइन \काठमाडौं : बिहिबार मंकीपक्सको संक्रमण जस्तै लक्षण देखिएका एक युवकलाई शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा राखेर उपचार गरिएकोमा उनमा मंककीपक्स नभई कुष्ठरोग पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज एक विज्ञप्ति जारी गर्दै मंकीपक्सको शंका लागेर परीक्षण गर्दा उनमा कुष्ठरोग पुष्टि भएको जनाएको हो । मन्त्रालयले जारी गरिएको विज्ञप्तिमा भनिएको छ , ‘विमानस्थलमा रहेको हेल्थ डेस्कमा दुबईबाट आएका एक जना २६ वर्षका युवामा शंका लागेर परीक्षण र परामर्शका लागि टेकु अस्पताल पठाइएकोमा राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालकाे विज्ञ टोलीले जाँच गर्दा उनमा मंकीपक्स नभई कुष्ठरोग पुष्टि भएको हो ।’
उनमा गरिएको आशंका पुष्टि नभएसँगै नेपालमा हालसम्म मंकीपक्सका बिरामी पुष्टि नभएको पनि मन्त्रालयले जानकारी दिएको छ । विश्वका २९ देशमा मंकीपक्सको संक्रमण देखिएको छ भने १ हजारभन्दा बढी संक्रमित भइसकेको बताइएको छ । विश्वव्यापी रुपमा यसको संक्रमण बढ्दै गएकाले हामी पनि सचेत हुन भने जरुरी रहेको मन्त्रालयले जनाएको छ ।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण