बालबालिकालाई काेभिड खोप : सुरक्षित भएकाले ढुक्क भएर लगाउन आग्रह
हेल्थ टिभी अनलाइन\ काठमाडौं : नेपालमा पहिलोपटक ५ देखि १२ वर्ष मूनिका बालबालिकालाई दिन लागिएको खोप पूर्णतया सुरक्षित रहेकाले ढुक्क भएर आफना बालबालिकालाई कोरोना विरुद्धको खोप लगाउन आग्रह गरिएको छ । राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा सञ्चार केन्द्र र स्वास्थ्य पत्रकार मञ्च नेपालले आयोजना गरेको ‘कोभिड विरुद्धको भ्याक्सिन प्रवद्र्धन तथा कोभिड १९ को रोकथाम नियन्त्रण’ सम्बन्धी अन्तरक्रिया कार्यक्रममा स्वास्थ्य सेवा विभागका महानिर्देशक डा दिपेन्द्र रमण सिंहले यस्तो आग्रह गरेका हुन्।
डा सिंहले कार्यक्रममा बोल्दै यही असार ९ गतेदेखि २७ जिल्लामा ५ वर्ष पुगेका र १२ वर्ष मूनिका बालबालिकालाई कोभिड १९ को संक्रमणबाट जोगाउन फाइजर बायोनटेक पेडियाट्रिक खोप दिन लागिएको र यो पूर्णत सुरक्षित र प्रभावकारी भएकाले ढुक्क भएर आफना नानी बाबुलाई नजिकैको खोप केन्द्रमा लगेर खोप लगाउन आग्रह गरे ।
कार्यक्रममा स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्रका निर्देशक सुनिल राज शर्माले कोभिड १९ विरुद्धको खोप एक मात्र यसबाट बच्ने उपाय भएकाले नहिच्किचाएर आफनो स साना बालबािलकालाई खोप लगाउन लैजान आग्रह गरे । यसैगरी केन्द्रकै वरिष्ठ स्वास्थ्य शिक्षा प्रशासक डा भक्त केसीले कोभिड खोपकाबारेमा समाचार लेख्दा सञ्चारमाध्यम पनि संवेदनशिल भइदिनु पर्नेमा जोड दिए । उनले कतिपय अवस्थामा मिडियाको सानो गल्ती वा लापरवाहीले देशकै ठूलो र धेरैको ज्यान जोगाउने अभियान नै प्रभावित हुने हुँदा सञ्चारकर्मीहरु खोप सम्बन्धी समाचार लेख्दा बढी संवेदनशील भइदिन पर्ने बताए । उनले सूचना सही हो की होइन भन्ने कुरा भेरिफाइ गरेर मात्र सम्प्रेषण गरिदिन सञ्चारकर्मीलाई आग्रह समेत गरे ।
परिवारा कल्याण महाशाखाका निर्देशक डा विवेक लालले अहिले ५ वर्षदेखि १२ वर्ष मूनिका बालबालिकालाई दिन लागिएको खोप धेरै देशमा परीक्षण भइसकेको र विश्व स्वास्थ्य संगठनले समेत मान्यता दिइसकेको खोप भएकाले यसबारेमा शंका गर्नुपर्ने ठाउँ नै नरहेको जिकीर गरे । उनले मिडियामा आएका समाचार सामग्रकी आधारमा आम मानिसले धारणा बनाउने हुँदा यसकारबारेमा सही सूचना दिने काम सञ्चारकर्मीको काँधमा रहेको समेत जनाए । कार्यक्रममा स्वास्थ्य बिटमा कलम चलाउने ३० बढी सञ्चारकर्मीहरुको उपस्थिती रहेको थियो ।
सरकारले देशभरका ५ देखि १२ वर्ष मूनिका ३९ लाख बालबालिकालाई कोभिड खोप दिन लागेको छ । दुई चरणमा दिन लागिएको उक्त खोपको पहिलो अभियान २७ जिल्लामा यही असार ९ गतेबाट हुँदैछ भने दोस्रो चरणको अभियान भने भदाै ५ देखि सुरू हुँदैछ ।
मुटुरोगबाट बच्न विचार व्यवस्थापन
क्षयरोग अन्त्य गर्ने विषयमा छलफल गर्न ३० देशका विज्ञहरु गोवामा भेला
लुम्बिनी प्रदेशको स्वास्थ्य सचिवमा डा वासुदेव उपाध्याय नियुक्त
स्वास्थ्य तथा जनसंख्या मन्त्रीमा प्रदीप यादव नियुक्त
स्वास्थ्यमन्त्री उपेन्द्र यादवले दिए राजीनामा