नेपालमा पनि मंकीपक्स जस्तै लक्षण भएका बिरामी भेटिए, टेकु अस्पताल भर्ना
हेल्थ टिभी अनलाइन \काठमाडौं : नेपालमा पनि मंकीपक्स जस्तै लक्षण भएका एक जना बिरामी भेटिएका छन्।
दुबईबाट नेपाल आएका एक युवकमा मंकिपक्स संक्रमणको जस्तै लक्षण देखिएपछि उनलाई अहिले टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा भर्ना गरिएको अस्पताललका एक चिकित्सकले जानकारी दिए । उनी दुबईबाट फर्किने क्रममा एअरपोर्टको हेल्थ डेस्कमा जाँच गर्ने क्रममा शंका लागेपछि टेकु अस्पताल पठाइएको हो ।
मंकीपक्सका बिरामीमा शरीरमा बिबिरा आउने, ज्वरो आउने, टाउको दुख्ने, मांसपेशी दुख्ने जस्ता लक्षण देखा पर्छन्।
मुटुरोगबाट बच्न विचार व्यवस्थापन
क्षयरोग अन्त्य गर्ने विषयमा छलफल गर्न ३० देशका विज्ञहरु गोवामा भेला
लुम्बिनी प्रदेशको स्वास्थ्य सचिवमा डा वासुदेव उपाध्याय नियुक्त
स्वास्थ्य तथा जनसंख्या मन्त्रीमा प्रदीप यादव नियुक्त
स्वास्थ्यमन्त्री उपेन्द्र यादवले दिए राजीनामा