भारतमा फेरि बढ्न थाल्यो कोरोना संक्रमण, एकैदिन १२ हजार संक्रमित थपिए
हेल्थ टिभी अनलाइन : भारतमा फेरि एकपटक कोरोना संक्रमण तीब्र गतिमा बढ्न थालेको छ । भारतीय स्वास्थ्य मन्त्रालयले जारी गरेको तथ्यांक अनुसार गत २४ घण्टामा त्यहाँ १२ हजार २१३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने ११ जना संक्रमितको मृत्यु भएको छ ।
योसँगै भारतमा सक्रिय कोरोना संक्रमितको संख्या बढेर ५८ हजार २१५ पुगेको छ । अघिल्लो दिनको तुलनामा ३८ प्रतिशतले संक्रमण पुष्टि भएको पनि भारतीय स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
भारतमा अहिले कोरोना संक्रमण दर २ दशमलब ३५ प्रतिशत रहेको छ । महाराष्ट्र, केरला, दिल्ली, कर्नाटक र हरियाणा लगायतका ५ राज्यमा सबैभन्दा बढी संक्रमित रहेका छन्।
मुटुरोगबाट बच्न विचार व्यवस्थापन
क्षयरोग अन्त्य गर्ने विषयमा छलफल गर्न ३० देशका विज्ञहरु गोवामा भेला
लुम्बिनी प्रदेशको स्वास्थ्य सचिवमा डा वासुदेव उपाध्याय नियुक्त
स्वास्थ्य तथा जनसंख्या मन्त्रीमा प्रदीप यादव नियुक्त
स्वास्थ्यमन्त्री उपेन्द्र यादवले दिए राजीनामा