५ देखि ११ वर्षका ३९ लाख बालबालिकालाई कोरोना विरुद्धको खोप लगाइँदै
हेल्थ टिभी अनलाइन \काठमाडौं : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ५ देखि ११ वर्ष उमेर समूहका बालबालिकालाई पहिलोपटक कोरोना विरुद्धको खोप लगाउने भएको छ ।
मन्त्रालयकी प्रवक्ता डा संगीता मिश्राले देशभरका ५ देखि ११ वर्षका ३९ लाख बालबालिकालाई कोरोनाको जोखिमबाट बचाउन यस विरुद्धको खोप लगाउन थालिएको बताएकी हुन्। उनले बुधबारको नियमित पत्रकार ब्रिफिङ कार्यक्रममा उक्त कुराको जानकारी दिंदै आफना बालबालिकालाई कोरोना विरुद्धको खोप लगाउन विद्यालयमा सम्पर्क गर्न आग्रह गरिन। बालबालिकाका लागि उनीहरुकै विद्यालयमा खोप केन्द्र तोकिएको छ ।
खोप अभियान दुई चरणमा सञ्चालन गरिने र पहिलो चरणमा २७ जिल्लामा खोप दिइने पनि डा मिश्राले जानकारी दिइन । पहिलो चरणमा यही असार ९ देखि १५ गतेसम्म पहिलो मात्रा र साउन २ देखि ८ गतेसम्म सोही समूहलाई दोस्रो मात्रा दिइने छ । यसैगरी बाँकी ५० जिल्लामा पहिलो चरणको खोप अभियान भदौ ५ देखि सुरु भएर ११ गतेसम्म चल्नेछ भने दोस्रो मात्राका लागि भदौ २७ देखि असोज १ गतेसम्म खोप अभियान सञ्चालन हुनेछ ।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण