Health TV Online
Health TV Online
Health TV Online

लुम्बिनीकी स्वास्थ्य राज्यमन्त्री वली बिरामी परेपछि अस्पताल भर्ना

लुम्बिनीकी स्वास्थ्य राज्यमन्त्री वली बिरामी परेपछि अस्पताल भर्ना

हेल्थ टिभी अनलाइन \काठमाडौं : लुम्बिनी प्रदेशकी स्वास्थ्य राज्यमन्त्री विमला वली बिरामी भएपछि अस्पताल भर्ना भएकी छन्। मंगलबार बिहान दाङको तुलसीपुरमा एक महिला र बालिकालाई अभद्र व्यवहार गरेको आरोपमा पक्राउ गरी मंगलबार राति बुटवल ल्याइएकी वली लुम्बिनी प्रादेशिक अस्पताल भर्ना भएकी हुन्।

राज्यमन्त्री वली मंगलबार राति १ बजेतिर बेहोस अवस्थामा अस्पताल आएको अस्पतालले जनाएको छ । उनको परीक्षण गर्दा रक्तचाप बढी र सुगरको मात्रा पनि बढी देखिएको बताइएको छ भने अन्य जाँचको रिपोर्ट भने आउन बाँकी छ ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार