Health TV Online
Health TV Online
Health TV Online

हुम्लामा तिलगंगा आँखा प्रतिष्ठानको आँखा शिविर, १०७ जनाले गराए मोतिविन्दुको शल्यक्रिया

हुम्लामा तिलगंगा आँखा प्रतिष्ठानको आँखा शिविर, १०७ जनाले गराए मोतिविन्दुको शल्यक्रिया

हेल्थ टिभी अनलाइन \काठमाडौं : काठमाडौंको गौशालामा रहेको तिलगंगा आँखा प्रतिष्ठानले हुम्लामा गरेको आँखा शिविरबाट १०७ जनाले मोतिविन्दुको शल्यक्रियाको उपचार सेवा लिएका छन्।

तिलगंगा आँखा प्रतिष्ठानका नेत्र विशेषज्ञ प्राडा गोविन्द पौड्यालको प्राविधिक टोलीबाट हुम्ला सिमीकोटमा यही जेठ २५ र २६ गते याल्बाङ, नाम्खामा २७ र २८ गतेको शिविरमा जम्मा ८५२ जना सेवाग्राहीहरुको आँखा परिक्षणका साथ उपचार गरी मोतिविन्दु १०७ जना अन्य ४ गरि जम्मा १११ (सिमिकोटमा) ४८ र नाम्खामा ६३० जनाको शल्यक्रिया सहितको आँखा शिविर सम्पन्न भएको हो ।

सिमीकोट शिविरको लागि स्वास्थ्य सेवा कार्यालय जिल्ला अस्पताल सिमीकोट, नेत्र ज्योति संघ हिमालय आँखा अस्पतालबाट संचालित आँखा उपचार केन्द्र हुम्ला र नेपाल रेड्क्रस सोसाइटीको विशेष सहयोग रहेको थियो ।

याल्बाङ, नाम्खामा नाम्खा गाउँ पालिकाको आयोजनामा आँखा शिविर सम्पन्न भएको थियो। शिविर संचालन अगावै नाम्खा गाँउ पालिकाका नेत्र सहायक र कार्यालय सहायकबाट १७ दिन पालिकाको विभिन्न गाउँहरुमा पुगी मोतिविन्दुका बिरामी छनौट शिविर संचालन भएको थियो । छनौट भएका मोतिविन्दुका बिरामीहरु ल्याउने र लाने काम नाम्खा गाँउ पालिकाले गरेको थियो भने आवश्यक परेका बिरामीको खाना र बस्न स्थानीय विद्यालय सहयोगी संस्था हिमालयन चिल्ड्रेन सोसाइटीको सहयोग रहेको थियो ।

आँखा शिविरमा तिब्बत चीन सिमाना यारी, लीमी भ्याल्ली देखी स्याडा, सर्केघाट गाँउहरु सम्मका स्थानियवासीले सेवा लिएका थिए । सो शिविरमा सेवा लिएका मध्ये ७२ वर्षिय यारी निवासी खेम्चोक लामा विगत ५ वर्ष देखी अन्धकारमय जिवन जिउदै आएकोमा उक्त शल्यक्रिया शिविरबाट पुनः दृष्टि प्राप्त भै सामान्य जिवन यापन गर्न सक्ने भएका छन्। उक्त शिविरहरुको लागि सेवा फाउन्डेसन नेपालबाट पनि सहयोग प्राप्त थियो ।

यसैगरी नाम्खा गाउँपालिका र तिलगंगा आँखा प्रतिष्ठान काठमाण्डौंको सहकार्य र सेवा फाउन्डेसनको सहयोगमा याल्बाङ, नाम्खा गाउँपलिकामा जेष्ठ २९ गतेदेखि आँखा उपचार केन्द्र स्थापना समेत भएको छ ।

 

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार