भारतमा पछिल्लो २४ घण्टामा ८ हजारभन्दा बढीमा कोरोना संक्रमण, १५ जनाको मृत्यु
हेल्थ टिभी अनलाइन : भारतमा केही दिन यता कोरोना संक्रमण बढ्ने क्रममा देखिएको छ । भारतीय स्वास्थ्य मन्त्रालयका अनुसार गत २४ घण्टामा भारतमा ८ हजार ८२२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यसैगरी यहीवीच १५ जना कोरोना संक्रमितको मृत्यु भएको छ । योसँख्यासँगै भारतमा कोरोनाका सक्रिय संक्रमितको संख्या ५३ हजार ६३७ पुगेको छ ।
केही समय अघिसम्म कोरोना संक्रमण ओरालो लाग्दै गएकोमा केही दिन यता भने संक्रमण उकालो लाग्न थालेको भन्दै विज्ञहरुले सावधानी अपनाउन आग्रह गर्दै आएका छन्। विश्वभर नै कोरोना संक्रमण दर कम हुँदै गएको भए पनि यसको जोखिम कम नभएको भन्दै विश्व स्वास्थ्य संगठनले जनस्वास्थ्यको मापदण्ड पालना अनिवार्य गर्न सबैलाई आग्रह गरेको छ ।
डा सन्दीपलाई प्रश्न : घुँडा किन दुख्छ, कसरी बच्ने ?
आजदेखि सात जिल्लामा हात्तिपाइले विरुद्धको औषधि खुवाइँदै
दीर्घ जीवनका लागि रिस त्याग्नुहोस्, शान्त रहनुहोस
बसाइ नमिल्दा ढाड दुख्ने समस्या !
काठमाडौंमा १७ जना औंलोको बिरामी, सबै आयातित