देशभर छन् १०६ सक्रिय कोरोना संक्रमित, काठमाडौंमा १६ जना
हेल्थ टिभी अनलाइन \काठमाडौं : अहिले देशभर १०६ जना मात्र सक्रिय कोरोना संक्रमित रहेका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको पछिल्लो तथ्यांक अनुसार अहिले देशभरमा १०६ जना संक्रमित आइसोलेसनमा रहेका छन्।
उनीहरुमध्ये सबै जना होम आइसोलेसनमा रहेको र संस्थागत आइसोलेसनमा तथा आइसीयूमा रहने संक्रमितको संख्या शुन्य रहेको मन्त्रालयले जनाएको छ ।सक्रिय संक्रमितमध्ये १६ जना काठमाडौंमा, ६ जना ललितपुरमा र भक्तपुरमा ६ जना रहेका छन्।
अहिले देशका ३९ जिल्ला कोरोना मुक्त भएका भइसकेका छन्। नेपालमा हालसम्म ११ हजार ९५२ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ भने ९ लाख ६७ हजार २०४ जना संक्रमणमुक्त भएका छन्।
यसैगरी नेपालमा लक्षित जनसंख्याको ९६ दशमलब ३ प्रतिशतले एक मात्रा र ८५ दशमलब ७ प्रतिशतले दुबै मात्र कोरोना खोप लगाएको मन्त्रालयले जनाएको छ ।





अफ्रिकामा महिलाका अधिकारमाथि चुनौती, ‘मापुटो प्रोटोकल’ बचाउन आह्वान
एमडीएच फर्मास्युटिकल्सलाई क्वालिटी अचिभमेन्ट अवार्ड
ल्वाङलाई औषधिको रुपमा कसरी प्रयोग गर्ने ?
नेपाली औषधि कम्पनी म्याग्नस फार्मा अन्तर्राष्ट्रिय गुणस्तर अवार्डबाट सम्मानित
क्यान्सर बिजेताहरुको एउटै आवाज -‘क्यान्सरलाई जित्न सकिन्छ’