देशभर छन् १०६ सक्रिय कोरोना संक्रमित, काठमाडौंमा १६ जना
हेल्थ टिभी अनलाइन \काठमाडौं : अहिले देशभर १०६ जना मात्र सक्रिय कोरोना संक्रमित रहेका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको पछिल्लो तथ्यांक अनुसार अहिले देशभरमा १०६ जना संक्रमित आइसोलेसनमा रहेका छन्।
उनीहरुमध्ये सबै जना होम आइसोलेसनमा रहेको र संस्थागत आइसोलेसनमा तथा आइसीयूमा रहने संक्रमितको संख्या शुन्य रहेको मन्त्रालयले जनाएको छ ।सक्रिय संक्रमितमध्ये १६ जना काठमाडौंमा, ६ जना ललितपुरमा र भक्तपुरमा ६ जना रहेका छन्।
अहिले देशका ३९ जिल्ला कोरोना मुक्त भएका भइसकेका छन्। नेपालमा हालसम्म ११ हजार ९५२ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ भने ९ लाख ६७ हजार २०४ जना संक्रमणमुक्त भएका छन्।
यसैगरी नेपालमा लक्षित जनसंख्याको ९६ दशमलब ३ प्रतिशतले एक मात्रा र ८५ दशमलब ७ प्रतिशतले दुबै मात्र कोरोना खोप लगाएको मन्त्रालयले जनाएको छ ।
मुटुरोगबाट बच्न विचार व्यवस्थापन
क्षयरोग अन्त्य गर्ने विषयमा छलफल गर्न ३० देशका विज्ञहरु गोवामा भेला
लुम्बिनी प्रदेशको स्वास्थ्य सचिवमा डा वासुदेव उपाध्याय नियुक्त
स्वास्थ्य तथा जनसंख्या मन्त्रीमा प्रदीप यादव नियुक्त
स्वास्थ्यमन्त्री उपेन्द्र यादवले दिए राजीनामा