ह्याम्स अस्पतालमा रक्तदान कार्यक्रम सम्पन्न
हेल्थ टिभी अनलाइन \काठमाडौं :काठमाडौंको धुम्बाराहीमा अवस्थित ह्याम्स अस्पतालमा एक दिने रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।
अस्पतालले आफनो २५ औं वार्षिकोत्सवको अवसर पारेर वर्षभरी नै विभिन्न कार्यक्रम तय गरेको छ भने त्यही अन्तर्गत शुक्रबार अस्पतालमा रक्तदान कार्यक्रम सम्पन्न भएको हो ।
रक्तदान कार्यक्रममा अस्पतालका अध्यक्ष आर एस भण्डारी लगायत, चिकित्सक, स्वास्थ्यकर्मी तथा कर्मचारीहरुले रक्तदान गरेका थिए ।
अस्पतालले वार्षिकोत्सवको अवसरमा हरेक शनिबार विशेषज्ञ चिकित्सकसहितको नि:शुल्क ओपीडी सञ्चालन गर्दै आएको छ भने अन्य समयमा विभिन्न जाँच तथा चिकित्सकको ओपीडी शुल्क पनि कम गरेको जनाएको छ ।
वायु प्रदूषण बढेकाले सावधानी अपनाउन अपिल
औषधीय गुणले भरिपूर्ण सिस्नो
कर्णालीमा पहिलोपटक कम्युनिटी मेन्टल हेल्थ सम्बन्धी अन्तराष्ट्रिय सम्मेलन हुँदै
क्यान्सर भएको पुष्टि भएका यूकेका राजा चार्ल्सले पुनः सार्वजनिक दायित्व निर्वाह गर्ने
न्युरोसाइन्स सम्बन्धी १४ दिने अन्तराष्ट्रिय वर्कशप काठमाडौंमा