ह्याम्स अस्पतालमा रक्तदान कार्यक्रम सम्पन्न
हेल्थ टिभी अनलाइन \काठमाडौं :काठमाडौंको धुम्बाराहीमा अवस्थित ह्याम्स अस्पतालमा एक दिने रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।
अस्पतालले आफनो २५ औं वार्षिकोत्सवको अवसर पारेर वर्षभरी नै विभिन्न कार्यक्रम तय गरेको छ भने त्यही अन्तर्गत शुक्रबार अस्पतालमा रक्तदान कार्यक्रम सम्पन्न भएको हो ।
रक्तदान कार्यक्रममा अस्पतालका अध्यक्ष आर एस भण्डारी लगायत, चिकित्सक, स्वास्थ्यकर्मी तथा कर्मचारीहरुले रक्तदान गरेका थिए ।
अस्पतालले वार्षिकोत्सवको अवसरमा हरेक शनिबार विशेषज्ञ चिकित्सकसहितको नि:शुल्क ओपीडी सञ्चालन गर्दै आएको छ भने अन्य समयमा विभिन्न जाँच तथा चिकित्सकको ओपीडी शुल्क पनि कम गरेको जनाएको छ ।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण