काठमाडौंको फोहोर आजबाट उठाइने
हेल्थ टिभी अनलाइन \काठमाडौं : काठमाडौंमा लामो समयदेखि थुप्रिएको फोहोर आजदेखि उठाइने भएको छ । सरकार र फोहोर फाल्ने क्षेत्रका बासिन्दाबीचको सहमति भएपछि आजदेखि फोहोर उठाइने भएको हो ।
शहरी विकास मन्त्रालय, काठमाडौं महानगरपालिका र स्थानीय बासिन्दाबीच सोमबार सहमति भएपछि काठमाडौंको फोहोर व्यवस्थापन हुन लागेको हो ।
सिसडोल र बञ्चरेडाँडामा फोहोर फाल्न नदिएपछि काठमाडौंको फोहोर उठ्न सकेको थिएन । उनीहरुबीच सर्तसहित सहमति भएपछि अब भने फोहोरको व्यवस्थापन हुन लागेको हो । वर्षायाम सुरु हुन लागेकाले पनि धेरै दिन फोहोर बाटोमा रहँदा हैजा, झाडापखाला लगायतका रोग फैलिनसक्ने भन्दै चिकित्सकहरुले फोहोरको व्यवस्थापन छिटै गर्नुपर्ने बताउँदै आएका थिए ।
अत्यधिक विषादी राखिएका तरकारी र फलफूलले क्यान्सर भयावह बन्दै : विज्ञ
ई- सिगरेटको आयात तथा बिक्री वितरण रोक्ने व्यवस्था कार्यान्वयन गर्न स्वास्थ्य मन्त्रालयको पत्र
वायु प्रदूषण बढेकाले सावधानी अपनाउन अपिल
औषधीय गुणले भरिपूर्ण सिस्नो
कर्णालीमा पहिलोपटक कम्युनिटी मेन्टल हेल्थ सम्बन्धी अन्तराष्ट्रिय सम्मेलन हुँदै