भारतमा फेरि बढ्न थाल्यो कोरोना संक्रमण, एकैदिन झण्डै ४ हजार संक्रमित थपिए
हेल्थ टिभी अनलाइन \काठमाडौं : भारतमा फेरि एकपटक कोरोना संक्रमण बढ्न थालेको छ । भारतीय स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा त्यहाँ झण्डै ४ हजार नयाँ कोरोना संक्रमित थपिएका छन्। यसैगरी अघिल्लो दिन पनि ४ हजार ४१ नयाँ संक्रमित थपिएका थिए । संक्रमितमध्ये आधाभन्दा बढी केरलाका रहेको बताइएको छ ।
भारतमा केरलासहित महाराष्ट्र, तमिलनाडु, तेलगंना र कर्नाटकमा धेरै संक्रमित देखिएका छन्। संक्रमण बढ्न थालेपछि यी राज्यहरुमा जनस्वास्थ्यका मापदण्ड पालनामा कडाई गरिएको छ । केही महिना यता भारतमा कोरोना संक्रमणमा धेरै कमी आएको थियो । तर केही दिन यता फेरि संक्रमण बढ्ने गतिमा देखिएको भन्दै विज्ञहरुले चिन्ता व्यक्त गरेका छन्।
भारतमा हालसम्म ५ लाख २४ हजार ६७७ जनाको कोरोना संक्रमणबाट मृत्यु भइसकेको छ ।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण