नेपाल क्यान्सर अस्पतालले मनायो ५ औं वार्षिकोत्सव
हेल्थ टिभी अनलाइन \काठमाडौं : ललितपुरको हरिसिद्धिमा रहेको नेपाल क्यान्सर अस्पताल तथा रिसर्च सेन्टरले शुक्रबार पाँचौं वार्षिकोत्सव मनाएको छ ।
नीजि क्षेत्रबाट सबैभन्दा ठूलो लगानीमा खुलेको पहिलो क्यान्सरको विशिष्टीकृत नेपाल क्यान्सर अस्पतालले एक विशेष कार्यक्रमको आयोजना गरी वार्षिकोत्सव मनाएको हो । वार्षिकोत्सव कार्यक्रममा बोल्दै अस्पतालका कार्यकारी अध्यक्ष डा सुदिप श्रेष्ठले नेपालीको क्यान्सर उपचार नेपाल मै भन्ने नाराका साथ सुरु भएको यस अस्तालले धेरै हदसम्म सो नारा पूरा गर्न सफल भएको भन्दै अझै पनि नयाँ नयाँ प्रविधिहरु भित्राउन बाँकी भएको बताए ।
उनले भने, ‘यो बीचमा नेपालमै क्यान्सरको उपचार हुन्छ भन्ने विश्वास दिलाउन सक्यौं अब सेवा र नयाँ प्रविधि विस्तारसँगै जनशक्तिमा पनि ध्यान दिंदै अघि बढ्नुपर्नेछ ।’
वार्षिकोत्सवको अवसर पारेर अस्पतालले विभिन्न प्रतियोगिताहरु गरेको थियो । सो प्रतियोगितामा विजयीलाई कार्यक्रममा पुरुस्कार तथा सम्मान पत्र प्रदान गरिएको छ ।





अफ्रिकामा महिलाका अधिकारमाथि चुनौती, ‘मापुटो प्रोटोकल’ बचाउन आह्वान
एमडीएच फर्मास्युटिकल्सलाई क्वालिटी अचिभमेन्ट अवार्ड
ल्वाङलाई औषधिको रुपमा कसरी प्रयोग गर्ने ?
नेपाली औषधि कम्पनी म्याग्नस फार्मा अन्तर्राष्ट्रिय गुणस्तर अवार्डबाट सम्मानित
क्यान्सर बिजेताहरुको एउटै आवाज -‘क्यान्सरलाई जित्न सकिन्छ’