वार्षिकोत्सवको अवसरमा नेपाल क्यान्सर अस्पतालको रक्तदान कार्यक्रम
हेल्थ टिभी अनलाइन \काठमाडौं : ललितपुरको हरिसिद्धीमा रहेको नेपाल क्यान्सर अस्पताल तथा रिसर्च सेन्टरले आफनो वार्षिकोत्सवको अवसर पारेर रक्तदान कार्यक्रमको आयोजना गरेको छ ।
पाँचौं वार्षिकोत्सवको अवसरमा विभिन्न कार्यक्रमहरु गर्दै आएको अस्पतालले मंगलबार अस्पताल परिसरमा रक्तदान कार्यक्रमको समेत आयोजना गरेको हो । जसमा अस्पतालका चिकित्सक, कर्मचारी लगायतले रक्तदान गरेका थिए ।
रक्तदान कार्यक्रममा नेपाल स्वयंसेवी रक्तदाता समाजका केन्द्रीय अध्यक्ष एवं स्वयंसेवी शतक रक्तदाता प्रेमसागर कर्माचार्यको पनि उपस्थिति रहेको थियो ।
कार्यक्रममा रक्तदान गर्नेहरुलाई प्रशंसापत्र दिएर सम्मान गरिएको थियो ।





अफ्रिकामा महिलाका अधिकारमाथि चुनौती, ‘मापुटो प्रोटोकल’ बचाउन आह्वान
एमडीएच फर्मास्युटिकल्सलाई क्वालिटी अचिभमेन्ट अवार्ड
ल्वाङलाई औषधिको रुपमा कसरी प्रयोग गर्ने ?
नेपाली औषधि कम्पनी म्याग्नस फार्मा अन्तर्राष्ट्रिय गुणस्तर अवार्डबाट सम्मानित
क्यान्सर बिजेताहरुको एउटै आवाज -‘क्यान्सरलाई जित्न सकिन्छ’