थप ५ जनामा कोरोना संक्रमण, ९ जना संक्रमणमुक्त
हेल्थ टिभी अनलाइन \काठमाडौं : देशभर थप ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा २ हजार ७१७ जनाको नमुना परीक्षण गर्दा ५ जनामा कोरोना पुष्टि भएको हो ।
यसैगरी गत २४ घण्टामा ९ जना कोरोना संक्रमित संक्रमणमुक्त भएका छन्। अहिले देशभर १२८ जना सक्रिय कोरोना संक्रमित रहेका छन्। मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोना विरुद्धको खोप लगाउनेको संख्या ४७ हजार ९७९ रहेको छ ।
अहिले आइसीयू र भेन्टिलेटरमा रहने संक्रमितको संख्या शुन्य रहेको छ भने क्वारेन्टाइनमा पनि संक्रमित छैनन् ।
कर्णालीमा पहिलोपटक कम्युनिटी मेन्टल हेल्थ सम्बन्धी अन्तराष्ट्रिय सम्मेलन हुँदै
क्यान्सर भएको पुष्टि भएका यूकेका राजा चार्ल्सले पुनः सार्वजनिक दायित्व निर्वाह गर्ने
न्युरोसाइन्स सम्बन्धी १४ दिने अन्तराष्ट्रिय वर्कशप काठमाडौंमा
कान्ति बाल अस्पतालले माग्यो ठूलो संख्यामा चिकित्सक तथा नर्स
जुनसुकै पालिकाको भए पनि अशक्त र गरिब नागरिकलाई काठमाडौं महानगरले नि:शुल्क उपचार दिने