Health TV Online
Health TV Online
Health TV Online

काठमाडौंमा २९ जना सक्रिय संक्रमित, भक्तपुर बन्याे काेरोना संक्रमण शुन्य जिल्ला

काठमाडौंमा २९ जना सक्रिय संक्रमित, भक्तपुर बन्याे काेरोना संक्रमण शुन्य जिल्ला

हेल्थ टिभी अनलाइन \काठमाडौं : काठमाडौं उपत्यकामध्ये काठमाडौंमा २९ जना सक्रिय कोरोना संक्रमित रहँदा भक्तपुर जिल्ला भने कोरोना संक्रमण शुन्य बनेको छ । यसैगरी ललितपुरमा १४ जना संक्रमित रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

देशभर रहेका १५० जना सक्रिय संक्रमितमध्ये सबै जना होम आइसोलेसनमा रहेको बताइएको छ । केही महिनायता नेपालमा संक्रमण दर घट्दै गएर अब संक्रमण एक प्रतिशतभन्दा कममा झरेको छ । हाल ३३ वटा जिल्लामा एक जना पनि संक्रमित छैनन्। यी जिल्लाहरुलाई कोरोना संक्रमण शुन्य जिल्ला घोषणा गरिएको छ । भएका सक्रिय संक्रमित पनि सबै सामान्य अवस्थामा रहेको र गम्भीर लक्षण नदेखिएको मन्त्रालयले जनाएको छ ।

नेपालमा कोरोना संक्रमणबाट हालसम्म ११ हजार ९५२ जनाको मृत्यु भएको छ भने ९ लाख ६६ हजार ९३८ जना संक्रमणमुक्त भइसकेका छन्।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार