नेपालमा ४७ लाख व्यक्तिमा उच्च रक्तचाप, ४ लाख मात्र उपचारमा
हेल्थ टिभी अनलाइन \काठमाडौं : नेपालमा ४७ लाख व्यक्तिमा उच्च रक्तचापकाे समस्या रहेको र उनीहरुमध्ये ४ लाख जना मात्र उपचारमा रहेको बताइएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा अन्तर्गतका नसर्ने रोग तथा मानसिक स्वास्थ्य विभागका प्रमुख डा फणिन्द्र प्रसाद बरालले नेपालमा उच्च रक्तचाप भएका व्यक्तिहरु उपचारको दायरामा आउन नसक्दा रोगी धेरै भए पनि उपचार गर्नेको संख्या कम रहेको बताएका हुन्।
मंगलबार विश्व उच्च रक्तचाप दिवसको अवसरमा आयोजित एक कार्यक्रममा डा बरालले नेपालमा प्रत्येक वर्ष उच्च रक्तचापको समस्या बढ्दै गएको र उनीहरुलाई उपचारमा ल्याउन समस्या भएको बताएका हुन्। नेपालमा गरिएको स्टेप सर्भे २०१९ अनुसार हाल ४७ लाख नेपालीमा उच्च रक्तचापको समस्या भएको देखाएको छ ।
उनीहरुमध्ये १० लाखलाई मात्र आफनो उच्च रक्तचापको अवस्थाकोबारेमा थाहा भएको र ४ लाखले मात्र औषधि सेवन गरिररहेको पाइएको छ । यसमा पनि औषधि सेवन गर्नेहरुमध्ये २ लाखको मात्र उच्च रक्तचाप नियन्त्रणमा रहेको पनि जनाइएको छ ।
प्रत्येक वर्ष मे १७ का दिन विश्व उच्च रक्तचाप दिवस मनाउने गरिन्छ । त्यही अवसरमा आयोजित पत्रकार अन्तरक्रिया कार्यक्रममा मुटुरोग विशेषज्ञ डा ओम मूर्ति अनिलले पछिल्लो समय उच्च रक्तचाप युवा अवस्थामा बढी देखिन थालेको र यो चिन्ताको विषय भएको बताए । उनले एक अध्ययन अनुसार नेपालमा अहिले १५ देखि २४ वर्षका झण्डै १० प्रतिशत युवाहरुमा उच्च रक्तचापको समस्या देखिएको जनाए । उनले भने, ‘यो ठूलो चिन्ताको विषय हो । यसरी सानै उमेरमा उच्च रक्तचापको समस्या देखिनु र यसको पहिचान हुन नसक्दा यसले प्रडक्टिभ एजका धेरैलाई नराम्ररी असर गर्ने देखिन्छ । यसमा सरकारले बेलैमा सोच्न जरुरी छ ।
यसरी कम उमेरमै उच्च रक्तचाप हुनुमा उनलाई मानसिक तनाव पहिलो कारण हो भन्ने लाग्छ । त्यसपछि अस्वस्थकर खानपान र शारीरिक अभ्यासको कमी । उनले अहिलेका बच्चाहरुमा शारीरिक गतिविधी शुन्य जस्तै हुने बताए । त्यसमाथि जंकफुडले समस्या थपेको छ, उनले भने ।
कार्यक्रममा स्वास्थ्य सचिव डा रोशन पोखरेलले अहिले उच्च रक्तचाप घर घरको समस्या भएको र यसलाई थाहा पाउन र नियन्त्रणमा ल्याउन सबैले आ आफनो स्तरबाट पहल गर्नुपर्नेमा जोड दिए ।
यसपटकको उच्च रक्तचाप दिवसको नारा ‘दीर्घ जीवनको आधार : नियमित रक्तचाप परीक्षण, नियन्त्रण र उपचार’ भन्ने रहेको छ ।
कर्णालीमा पहिलोपटक कम्युनिटी मेन्टल हेल्थ सम्बन्धी अन्तराष्ट्रिय सम्मेलन हुँदै
क्यान्सर भएको पुष्टि भएका यूकेका राजा चार्ल्सले पुनः सार्वजनिक दायित्व निर्वाह गर्ने
न्युरोसाइन्स सम्बन्धी १४ दिने अन्तराष्ट्रिय वर्कशप काठमाडौंमा
कान्ति बाल अस्पतालले माग्यो ठूलो संख्यामा चिकित्सक तथा नर्स
जुनसुकै पालिकाको भए पनि अशक्त र गरिब नागरिकलाई काठमाडौं महानगरले नि:शुल्क उपचार दिने