देशभर १४२ जना सक्रिय संक्रमित, सबै होम आइसोलेसनमा
हेल्थ टिभी अनलाइन \काठमाडौं : देशभर अहिले १४२ जना मात्र सक्रिय कोरोना संक्रमित रहेका छन्। आइतबारसम्मको तथ्यांक अनुसार देशमा १४२ जना मात्र सक्रिय संक्रमित आइसोलेसनमा रहेका हुन्। उनीहरुमध्ये सबै जना होम आइसोलेसनमा रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यसैगरी आइसीयू र भेन्टिलेटर पनि यतिबेला खाली रहेका छन्।
केही महिना यता कोरोना संक्रमण दर कम हुँदै गएर अहिले ३३ जिल्ला कोरोना संक्रमित शुन्य जिल्ला भएका छन् भने संक्रमित भएका जिल्लामा पनि सिकिस्त संक्रमित छैनन्। हालसम्म नेपालमा कोरोना संक्रमणबाट ११ हजार ९५२ जनाको मृत्यु भएको छ ।
मन्त्रालयका अनुसार सबैभन्दा धेरै काठमाडौंमा ३५ जना कोरोना संक्रमित रहेका छन्। त्यसपछि भने ललितपुरमा १२ जना रहेका छन्। भक्तपुरमा भने अहिले संक्रमण शुन्य रहेको छ ।
मुटुरोगबाट बच्न विचार व्यवस्थापन
क्षयरोग अन्त्य गर्ने विषयमा छलफल गर्न ३० देशका विज्ञहरु गोवामा भेला
लुम्बिनी प्रदेशको स्वास्थ्य सचिवमा डा वासुदेव उपाध्याय नियुक्त
स्वास्थ्य तथा जनसंख्या मन्त्रीमा प्रदीप यादव नियुक्त
स्वास्थ्यमन्त्री उपेन्द्र यादवले दिए राजीनामा