नेपालमा लक्षित जनसंख्याको ८५ प्रतिशतले लगाए कोरोना विरुद्धको पूर्ण खोप
हेल्थ टिभी अनलाइन \काठमाडौं : नेपालमा अहिलेसम्म लक्षित जनसंख्याको ८४ दशमलब ६ प्रतिशत व्यक्तिले कोरोना भाइरसविरुद्धको पूर्ण खोप लगाएका छन्। यसैगरी एक मात्रा खोप लगाउनेको संख्या भने झण्डै ९६ प्रतिशत रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार कुल जनसंख्याको ७६ दशमलब ५ प्रतिशतले एक मात्रा र ६७ दशमलब ६ प्रतिशतले पूर्ण मात्रा खोप लगाइसकेका छन्। नेपालमा खोप अभियान सुरु भए यता ५ करोड ३३ लाख ८१ हजार ५७० मात्रा खोप प्राप्त भएको छ । यसमध्ये ४ करोड २४ लाख ३१ हजार ९९९ मात्रा खोप प्रयोगमा आएको छ ।
नेपालमा हालसम्म ३७ लाख २१ हजार ५५२ जनाले बुस्टर डोज समेत लिइसकेका छन।





अफ्रिकामा महिलाका अधिकारमाथि चुनौती, ‘मापुटो प्रोटोकल’ बचाउन आह्वान
एमडीएच फर्मास्युटिकल्सलाई क्वालिटी अचिभमेन्ट अवार्ड
ल्वाङलाई औषधिको रुपमा कसरी प्रयोग गर्ने ?
नेपाली औषधि कम्पनी म्याग्नस फार्मा अन्तर्राष्ट्रिय गुणस्तर अवार्डबाट सम्मानित
क्यान्सर बिजेताहरुको एउटै आवाज -‘क्यान्सरलाई जित्न सकिन्छ’