थप ७ जनामा कोरोना संक्रमण, देशभर १६४ सक्रिय संक्रमित
हेल्थ टिभी अनलाइन \काठमाडौं : देशभर पछिल्लो २४ घण्टामा ७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा १ हजार ४३७ जनाको नमुना परीक्षण गरिएकोमा ७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
यसैगरी गत २४ घण्टामा १६ जना संक्रमित संक्रमणमुक्त भएका छन्। आज स्थानीय तहको निर्वाचन भएका कारण कोरोना विरुद्धको खोप लगाउने कार्यक्रम नराखिएकाले खोप लगाउनेको संख्या भने शुन्य रहेको छ । आइतबारदेखि पुन कोरोना विरुद्धको खोप लगाउने कार्य जारी राखिने मन्त्रालयले जनाएको छ ।
अहिले देशभर १६४ जना मात्र सक्रिय संक्रमित रहेका छन्।
मातृ तथा नवजात शिशु मृत्युदर घटाउन मिडवाइफको भूमिका महत्वपूर्ण
अत्यधिक विषादी राखिएका तरकारी र फलफूलले क्यान्सर भयावह बन्दै : विज्ञ
ई- सिगरेटको आयात तथा बिक्री वितरण रोक्ने व्यवस्था कार्यान्वयन गर्न स्वास्थ्य मन्त्रालयको पत्र
वायु प्रदूषण बढेकाले सावधानी अपनाउन अपिल
औषधीय गुणले भरिपूर्ण सिस्नो