२४ घण्टामा ४ जना कोरोना संक्रमित थपिए, १८ जना निको भए
हेल्थ टिभी अनलाइन \काठमाडौं : पछिल्लो २४ घण्टामा जम्मा ४ जना मात्र कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जारी गरेको तथ्यांक अनुसार गत २४ घण्टामा ४ जना कोरोना संक्रमित थपिएका छन् भने यहीवीच १८ जना कोरोना संक्रमित निको भएका छन्।
पछिल्लो २४ घण्टामा २ हजार ८१७ जनाको कोरोना आंशकामा नमुना परीक्षण गरिएको थियो । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २१ हजार १७९ जनाले कोरोना विरुद्धको खोप लगाएका छन्।
कोरोना संक्रमितको संख्या घट्दै गएर अहिले देशभर जम्मा १७३ जना मात्र सक्रिय संक्रमित होम तथा संस्थागत आइसोलेसनमा रहेका छन्।
वायु प्रदूषण बढेकाले सावधानी अपनाउन अपिल
औषधीय गुणले भरिपूर्ण सिस्नो
कर्णालीमा पहिलोपटक कम्युनिटी मेन्टल हेल्थ सम्बन्धी अन्तराष्ट्रिय सम्मेलन हुँदै
क्यान्सर भएको पुष्टि भएका यूकेका राजा चार्ल्सले पुनः सार्वजनिक दायित्व निर्वाह गर्ने
न्युरोसाइन्स सम्बन्धी १४ दिने अन्तराष्ट्रिय वर्कशप काठमाडौंमा