थप २१ जनामा कोरोना संक्रमण, १६ जना संक्रमणमुक्त
काठमाडौंमा ११ जना नयाँ संक्रमित थपिए
हेल्थ टिभी अनलाइन\ काठमाडौं : पछिल्लो २४ घण्टामा देशभर २१ जना नयाँ कोरोना संक्रमित थपिएका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकी प्रवक्ता डा संगीता मिश्राका अनुसार गत २४ घण्टामा ३ हजार ७८८ जनाको नमुना परीक्षण गरिएकोमा २१ जनामा कोरोना पुष्टि भएको हो । यसैगरी आज १६ जना संक्रमित निको भएको पनि उनले जानकारी दिएकी छिन्। अहिले देशभर १८७ जना मात्र सक्रिय कोरोना संक्रमित रहेका छन्।
पछिल्लो २४ घण्टामा ११ हजार ५ जनाले कोरोना विरुद्धको खोप लगाएका छन्। आज काठमाडौंमा ११ जना नयाँ संक्रमित थपिएका छन् ।
डा सन्दीपलाई प्रश्न : घुँडा किन दुख्छ, कसरी बच्ने ?
आजदेखि सात जिल्लामा हात्तिपाइले विरुद्धको औषधि खुवाइँदै
दीर्घ जीवनका लागि रिस त्याग्नुहोस्, शान्त रहनुहोस
बसाइ नमिल्दा ढाड दुख्ने समस्या !
काठमाडौंमा १७ जना औंलोको बिरामी, सबै आयातित