मतदानस्थलमा भिडभाड हुने भएकाले अनिवार्य मास्क लगाऔं : स्वास्थ्य मन्त्रालय
हेल्थ टिभी अनलाइन\ काठमाडौं : यही वैशाख ३० गते नेपालमा स्थानीय तहको निर्वाचन हुँदैछ । निर्वाचनका दिन मतदान गर्न जाने स्थानमा भिडभाड हुने हुँदा अनिवार्य रुपमा मास्कको प्रयोग गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आग्रह गरेको छ ।
कोरोना संक्रमितको संख्यामा कमी आएको भए पनि कोरोना महामारीको जोखिम भने कायमै रहेकाले चुनाव प्रचारप्रसारमा हिंड्दा होस् वा मतदान गर्न जाँदा होस् सबैले मास्कको प्रयोग गर्नुपर्नेमा मन्त्रालयले जोड दिएको हो ।
मन्त्रालयले सूचना नै जारी गरेर सबैलाई कोरोना संक्रमणबाट बच्न जनस्वास्थ्यका मापदण्ड पालना गर्न (मास्कको प्रयोग गर्न, दूरी कायम गर्न तथा साबुन पानीले हात धोइरहन) आग्रह गरेको हो । यसैगरी हालसम्म काेराेना खाेप नलगाएकाे भए वा बुस्टर खाेप लगाउन बाँकी भएकालाइ नजिककाे स्वास्थ्य संस्थामा गएर खाेप लगाउन समेत आग्रह गरिएकाे छ ।
आज विश्व रेडक्रस दिवस मनाइँदै
गण्डकी प्रदेशको स्वास्थ्य मन्त्रीमा सीता सुन्दास नियुक्त
मातृ तथा नवजात शिशु मृत्युदर घटाउन मिडवाइफको भूमिका महत्वपूर्ण
अत्यधिक विषादी राखिएका तरकारी र फलफूलले क्यान्सर भयावह बन्दै : विज्ञ
ई- सिगरेटको आयात तथा बिक्री वितरण रोक्ने व्यवस्था कार्यान्वयन गर्न स्वास्थ्य मन्त्रालयको पत्र