बालबालिकाको उपचारमा अब्बल ईशान बाल अस्पतालले अझै विशिष्टीकृत सेवाहरु विस्तार गर्दै
हेल्थ टिभी अनलाइन \काठमाडौं : बालबालिकाको रोगको उपचारमा अब्बल अस्पतालका रुपमा परिचित ईशान बाल तथा महिला अस्पतालले अझ विशिष्टीकृत सेवाहरु विस्तार गर्दै लाने भएको छ । अस्पतालले काठमाडौंको बसुन्धारामा आफनै ८ तले अत्याधुनिक भवनबाट सेवा सुरु गर्दै अझ सेवाहरु बढाउँदै लाने जनाएको हो ।
अस्पतालले मंगलबार पत्रकार सम्मेलन गर्दै २७ वर्षपछि अस्पताल आफनै भवनमा सर्न सफल भएको र योसँगै सेवा विस्तार गर्न पनि सजिलो हुने जनाएको हो । अस्पतालका निर्देशक प्राडा आरपी चौधरीले २७ वर्षअघि नेपालकै पहिलो नीजि क्षेत्रको बाल अस्पतालको रुपमा ईशान बाल नर्सिङ होमबाट सुरु भएको अस्पतालले योवीचमा लाखौं बालबालिकाको सेवा गर्न सफल भएको बताए । डा चौधरीले नयाँ भवनबाट अस्पतालका सम्पूर्ण सेवाहरु सुरु गरिसकेको जानकारी गराउँदै अब भने बाल रोगका क्षेत्रमा विशिष्टीकृत सेवा लिन अन्य मुलुक जान नपर्ने गरी अन्तराष्ट्रिय स्तरको सेवा दिने बताए ।
नयाँ बनेको अस्पतालको भवनलाई बालबालिका फ्रेन्डली बनाएको र उनीहरुका लागि अस्पताल नभई घर जस्तै वातावरण हुने समेत डा चौधरीले जिकीर गरे । अस्पतालले जटिल भन्दा जटिल बाल शल्यक्रियाहरु गरिरहेको र त्यसका लागि अहिले भारतबाट समेत बिरामीहरु आउने गरेको डा चौधरीले बताए । उनले भने, ‘नेपालमा कुनै पनि बाल उपचारका लागि विदेश गइरहन पर्दैन यहीं त्यो पनि ईशान बाल अस्पतालमै सबै उपचार सम्भव छ ।’ उनले ईशान अस्पताललाई ‘बुटिक’ अस्पतालका रुपमा अघि बढाउने आफू र आफनो टिमको लक्ष्य रहेको समेत जिकीर गरे ।
कार्यक्रममा वरिष्ठ बाल रोग विशेषज्ञ डा ज्योतिरत्न धाख्वाले अब देखि आफूहरुले बालबालिकाको उपचार मात्र नभएर योसँग सम्बन्धित अध्ययन -अनुसन्धान पनि गर्ने बताए । उनले बाल चिकित्सामा फेलोसिप, तालिम तथा छलफल र एकेडेमिक कार्यक्रम पनि सँगसँगै लिएर जाने र ईशानलाई ‘सेन्टर फर एक्सीलेन्स’ बनाउने योजना रहेको जनाए ।
कर्णालीमा पहिलोपटक कम्युनिटी मेन्टल हेल्थ सम्बन्धी अन्तराष्ट्रिय सम्मेलन हुँदै
क्यान्सर भएको पुष्टि भएका यूकेका राजा चार्ल्सले पुनः सार्वजनिक दायित्व निर्वाह गर्ने
न्युरोसाइन्स सम्बन्धी १४ दिने अन्तराष्ट्रिय वर्कशप काठमाडौंमा
कान्ति बाल अस्पतालले माग्यो ठूलो संख्यामा चिकित्सक तथा नर्स
जुनसुकै पालिकाको भए पनि अशक्त र गरिब नागरिकलाई काठमाडौं महानगरले नि:शुल्क उपचार दिने