रेटिनोब्लास्टोमा सम्बन्धी छलफल कार्यक्रम सम्पन्न
हेल्थ टिभी अनलाइन \काठमाडौं : विश्व रेटिनोब्लास्टोमा सचेतना सप्ताह २०२२ को सन्दर्भमा सोमबार एक छलफल कार्यक्रम सम्पन्न भएको छ ।
तिलगंगा आँखा प्रतिष्ठान, ओपन आइज नेपाल, नेपाल पेडियाट्रिक सोसाइटी तथा नेपाल अप्थाल्मिक सोसाइटीको संयुक्त आयोजनामा त्रिवि शिक्षण अस्पतालमा अन्तरक्रियात्मक छलफल कार्यक्रम सम्पन्न भएको हो । जसमा विभिन्न अस्पतालबाट आएका बालरोग विशेषज्ञ तथा चिकित्सकलाई आँखा विषेशज्ञद्धारा यो रोग कसरी छिटो पत्ता लगाउने र उपचारको लागि जतिसक्दो छिटो अस्पतालमा कसरी पठाउने भन्नेबारेमा जानकारी प्रदान गरेका थिए ।
कार्यक्रममा रेटिनोब्लास्टोमा रोगबाट मुक्त भईसकेकाहरुको पनि सहभागीता रहेको थियो।
रेटिनोब्लास्टोमा सम्बन्धी जनचेतना फैलाउने उद्देश्यले यहि वैशाख २५ देखि ३१ गतेसम्म सचेतना सप्ताह मनाइरहिएको छ । सचेतना साताभरी नै आँखामा क्यान्सर भएका बालबालिकाहरुको निःशुल्क जाँच तथा उपचार गरिने आयोजकले जनाएका छन्।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण