रेटिनोब्लास्टोमा सम्बन्धी छलफल कार्यक्रम सम्पन्न
हेल्थ टिभी अनलाइन \काठमाडौं : विश्व रेटिनोब्लास्टोमा सचेतना सप्ताह २०२२ को सन्दर्भमा सोमबार एक छलफल कार्यक्रम सम्पन्न भएको छ ।
तिलगंगा आँखा प्रतिष्ठान, ओपन आइज नेपाल, नेपाल पेडियाट्रिक सोसाइटी तथा नेपाल अप्थाल्मिक सोसाइटीको संयुक्त आयोजनामा त्रिवि शिक्षण अस्पतालमा अन्तरक्रियात्मक छलफल कार्यक्रम सम्पन्न भएको हो । जसमा विभिन्न अस्पतालबाट आएका बालरोग विशेषज्ञ तथा चिकित्सकलाई आँखा विषेशज्ञद्धारा यो रोग कसरी छिटो पत्ता लगाउने र उपचारको लागि जतिसक्दो छिटो अस्पतालमा कसरी पठाउने भन्नेबारेमा जानकारी प्रदान गरेका थिए ।
कार्यक्रममा रेटिनोब्लास्टोमा रोगबाट मुक्त भईसकेकाहरुको पनि सहभागीता रहेको थियो।
रेटिनोब्लास्टोमा सम्बन्धी जनचेतना फैलाउने उद्देश्यले यहि वैशाख २५ देखि ३१ गतेसम्म सचेतना सप्ताह मनाइरहिएको छ । सचेतना साताभरी नै आँखामा क्यान्सर भएका बालबालिकाहरुको निःशुल्क जाँच तथा उपचार गरिने आयोजकले जनाएका छन्।
औषधीय गुणले भरिपूर्ण सिस्नो
कर्णालीमा पहिलोपटक कम्युनिटी मेन्टल हेल्थ सम्बन्धी अन्तराष्ट्रिय सम्मेलन हुँदै
क्यान्सर भएको पुष्टि भएका यूकेका राजा चार्ल्सले पुनः सार्वजनिक दायित्व निर्वाह गर्ने
न्युरोसाइन्स सम्बन्धी १४ दिने अन्तराष्ट्रिय वर्कशप काठमाडौंमा
कान्ति बाल अस्पतालले माग्यो ठूलो संख्यामा चिकित्सक तथा नर्स