मंगलबार रातिदेखि निर्वाचन सम्पन्न नभएसम्मका लागि मदिराजन्य पदार्थ विक्री वितरणमा रोक
हेल्थ टिभी अनलाइन \काठमाडौं : सरकारले वैशाख २७ गते मंगलबार रातिदेखि ३ दिनका लागि मदिराजन्य पदार्थ विक्री वितरण तथा सेवनमा रोक लगाएको छ ।
वैशाख ३० गते हुन लागेको स्थानीय तह निर्वाचनमा शान्ति सुरक्षामा खलल नपुगोस भनेर वैशाख २७ गते मंगलबार मध्यरातिदेखि मतदान हुने दिनसम्मका लागि मदिराजन्य पदार्थ विक्री वितरण तथा सेवनमा रोक लगाइएको हो ।
जिल्ला प्रशासन कार्यालय काठमाडौंले आइतबार एक सूचना जारी गर्दै स्थानीय तह निर्वाचन निर्देशिका २०७३ दफा ७१ बमोजिम (मादक पदार्थ निषेध ) गर्ने व्यवस्था अनुसार सो को प्रभावकारी कार्यान्वयन गर्दै वैशाख २७ गते राति १२ बजेदेखि निर्वाचन सम्पन्न नभएसम्मका लागि मदिराजन्य पदार्थ विक्री वितरण तथा सेवनमा रोक लगाइएको जनाएको छ ।
कर्णालीमा पहिलोपटक कम्युनिटी मेन्टल हेल्थ सम्बन्धी अन्तराष्ट्रिय सम्मेलन हुँदै
क्यान्सर भएको पुष्टि भएका यूकेका राजा चार्ल्सले पुनः सार्वजनिक दायित्व निर्वाह गर्ने
न्युरोसाइन्स सम्बन्धी १४ दिने अन्तराष्ट्रिय वर्कशप काठमाडौंमा
कान्ति बाल अस्पतालले माग्यो ठूलो संख्यामा चिकित्सक तथा नर्स
जुनसुकै पालिकाको भए पनि अशक्त र गरिब नागरिकलाई काठमाडौं महानगरले नि:शुल्क उपचार दिने