थप १७ जनामा कोरोना संक्रमण
हेल्थ टिभी अनलाइन \काठमाडौं : देशभर पछिल्लो २४ घण्टामा १७ जना नयाँ कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा गरिएको ४ हजार १० नमुना मध्ये १७ जनामा कोरोना पुष्टि भएको हो ।
यसैगरी २१ जना संक्रमित संक्रमणमुक्त भई डिस्चार्ज भएका छन्। मन्त्रालयका अनुसार गत २४ घण्टामा २२ हजार १०६ जनाले कोभिड विरुद्धको खोप लगाएका छन भने हाल देशभर २०१ जना मात्र सक्रिय संक्रमित होम तथा संस्थागत आइसोलेसनमा रहेका छन्। १०६ जना व्यक्ति कोरोना आशंकामा क्यारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ ।
नेपालमा हालसम्म कोरोना संक्रमणबाट ११ हजार ९५२ जनाको मृत्यु भएको छ ।
अत्यधिक विषादी राखिएका तरकारी र फलफूलले क्यान्सर भयावह बन्दै : विज्ञ
ई- सिगरेटको आयात तथा बिक्री वितरण रोक्ने व्यवस्था कार्यान्वयन गर्न स्वास्थ्य मन्त्रालयको पत्र
वायु प्रदूषण बढेकाले सावधानी अपनाउन अपिल
औषधीय गुणले भरिपूर्ण सिस्नो
कर्णालीमा पहिलोपटक कम्युनिटी मेन्टल हेल्थ सम्बन्धी अन्तराष्ट्रिय सम्मेलन हुँदै