कोरोनाको जोखिम कायमै रहेकाले निर्वाचनका बेलामा पनि जनस्वास्थ्यका मापदण्ड पालना गर्न नभुलौं : स्वास्थ्य मन्त्रालय
हेल्थ टिभी अनलाइन \काठमाडौं : नेपालमा यही वैशाख ३० गते स्थानीय तहको निर्वाचन हुँदैछ । निर्वाचन नजिकिंदै गर्दा विभिन्न दलका सभा, जुलुस, र्याली, घरदैलो जस्ता कार्यक्रम भइरहेका छन् ।
यही क्रममा धेरैले काेराेनाकाे जाेखिम वेवास्ता गर्दै मास्क नलगाउने तथा दूरी पनि कायम नगरेको देखिन्छ । यही बेला स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड १९ को जोखिम अहिले पनि कायमै भएकाले चुनावका बेला कोभिडबाट बच्न जनस्वास्थ्यका सम्पूर्ण मापदण्ड पालना गर्न सबैलाई आग्रह गरेको छ । मन्त्रालयले निर्वाचनको तयारी गर्दै गर्दा कोभिड १९ को जोखिमलाई पनि ध्यानमा राख्न आग्रह गरेको हो ।
मन्त्रालयले यदि कसैले कोरोना विरुद्धको खोप नलगाएको भए आफनो नजिकैको स्वास्थ्य संस्थामा गएर कोरोना खोप लगाउन पनि आग्रह गरेको छ ।
दीर्घ जीवनका लागि रिस त्याग्नुहोस्, शान्त रहनुहोस
बसाइ नमिल्दा ढाड दुख्ने समस्या !
काठमाडौंमा १७ जना औंलोको बिरामी, सबै आयातित
स्वास्थ्य मन्त्रालयले भन्यो, सरकारी अस्पतालमा काम गर्ने अनि निजीको विज्ञापन गर्न कहाँ पाइन्छ ?
गर्मीमा तातो हावा ‘लू’ बाट कसरी जोगिने ?