यी हुन् क्यान्सरका कारक तत्त्व
हेल्थ टिभी अनलाइन \काठमाडौं : शरीरको कोष वा कोषिकाहरुको समूहको अस्वभाविक वृद्धि नै क्यान्सर हो । पछिल्लो समय नेपालमा क्यान्सर रोग बढ्दो अवस्थामा देखिन्छ । क्यान्सर बनाउने कारक तत्वमा अत्यधिक धुम्रपान तथा मद्यपान, अस्वस्थ आहार, वंशाणुगत कारण, विकिरणको प्रभाव, जीवाणुको कारण, वातावरणीय कारणहरु पर्दछन्। यसबाट बच्न क्यान्सरसँग सम्बन्धित लक्षण देखिनासाथ चिकित्सकसँग परामर्श गर्न जरुरी हुन्छ ।
क्यान्सर रोग शुरुकै अवस्थामा पत्ता लागेमा निको हुने भए पनि धेरै जना ढिलो गरी उपचारमा आउने गरेको पाइन्छ ।विभिन्न किसिमका क्यान्सरका विभिन्न किसिमकै लक्षण हुने गर्छन्। यस कुरामा जानकारी लिन जरुरी हुन्छ ।
यसबाट बच्नका लागि धुम्रपान तथा मद्यपानको सेवन नगर्ने, स्वस्थ र सन्तुलित भोजन सेवन गर्ने, पोलेको तारेको मासु तथा खानेकुरा नखाने, नुनको कम प्रयोग गर्ने, विकिरणबाट बच्ने, शारीरिक व्यायाममा ध्यान दिने, केही अस्वभाविक लक्षण देखिएमा चिकित्सकसँग सल्लाह लिने र नियमित स्वास्थ्य जाँच गर्ने गर्नु पर्छ । यदि क्यान्सर लागि हालेमा चिकित्सकको सल्लाह बमोजिम समयमै उपचार गरेमा यसलाई पूर्ण रुपमा निको पार्न सकिन्छ ।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण