Health TV Online
Health TV Online
Health TV Online

आमाहरुलाई काउन्सिलङ गर्दै मिडवाइफ (फोटोफिचर)

आमाहरुलाई काउन्सिलङ गर्दै मिडवाइफ (फोटोफिचर)

हेल्थ टिभी अनलाइन\काठमाडौं : विश्वभर मे ५ का दिन अन्तराष्ट्रिय मिडवाइफ दिवस मनाउने गरिन्छ । यही क्रममा नेपालमा पनि मिडवाइफ तथा यससँग सम्बन्धित सरोकारवाला निकायले आ आफनो ढंगले यो दिवस मनाएका छन्।

काठमाडौंको थापाथलीस्थित परोपकार प्रसूती तथा स्त्री अस्पतालमा भने त्यहाँ कार्यरत मिडवाइफ तथा सोही विषय पढिरहेका विद्यार्थीहरुले प्रजनन स्वास्थ्य त्यसमा पनि प्रसूती हुने बेलामा अपनाउनुपर्ने सावधानी तथा प्रसूती भइसकेपछि आमाले नवजात शिशु र आफनो ख्याल कसरी राख्ने भन्नेबारेमा काउन्सिलङ गर्दै यो दिवस मनाएका छन्। हामी अस्पताल पुग्दा उनीहरु भर्खर सुत्केरी भएका आमाहरुलाई बच्चालाई दूध कसरी चुसाउने, कुन पोजिसनमा बसेर खुवाउने, के कुरामा ध्यान दिने लगायतका कुरा सिकाउँदै गरेका भेटिए ।

स्मरण रहोस मिडवाइफ भनेका दक्ष प्रसुतीकर्मी हुन् । जसले महिलाकाे सम्मानजनक प्रसुती गराउने र उनीहरुको हेरविचार गर्ने काम गर्छन्। मातृमृत्यु र नवजात शिशु मृत्युदर कम गर्न मिडवाइफको महत्वपूर्ण भूमिका हुन्छ ।

हेरौं तस्वीरहरु : 

 

 

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार