आइसीयू र भेन्टिलेटरमा कोरोना संक्रमितको संख्या शुन्य
२४९ सक्रिय संक्रमितमध्ये ४ जना मात्र संस्थागत आइसोलेसनमा
हेल्थ टिभी अनलाइन \काठमाडौं : नेपालमा कोरोना संक्रमण दर कम हुँदै गएपछि सिकिस्त संक्रमितको संख्या पनि कम भएको छ । अहिले देशभरका आइसीयू र भेन्टिलेटरमा कोरोना संक्रमति नरहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
देशभर रहेका २४९ जना सक्रिय संक्रमितमध्ये सिकिस्त संक्रमितको संख्या शुन्य रहेको छ भने ४ जना मात्र संस्थागत आइसोलेसनमा रहेका छन्। अन्य संक्रमित होम आइसोलेसनमा रहेको मन्त्रालयले जनाएको छ ।
यसैगरी हाल ३२ जिल्ला कोरोना शुन्य भइसकेका छन्। सक्रिय संक्रमितमध्ये काठमाडौंमा ४३ जना, भक्तपुरमा ७ जना र ललितपुरमा १९ जना रहेका छन्। हालसम्म देशभर ११ हजार ९५१ जनाको कोरोनाबाट मृत्यु भएको छ ।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण