आइसीयू र भेन्टिलेटरमा कोरोना संक्रमितको संख्या शुन्य
२४९ सक्रिय संक्रमितमध्ये ४ जना मात्र संस्थागत आइसोलेसनमा
हेल्थ टिभी अनलाइन \काठमाडौं : नेपालमा कोरोना संक्रमण दर कम हुँदै गएपछि सिकिस्त संक्रमितको संख्या पनि कम भएको छ । अहिले देशभरका आइसीयू र भेन्टिलेटरमा कोरोना संक्रमति नरहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
देशभर रहेका २४९ जना सक्रिय संक्रमितमध्ये सिकिस्त संक्रमितको संख्या शुन्य रहेको छ भने ४ जना मात्र संस्थागत आइसोलेसनमा रहेका छन्। अन्य संक्रमित होम आइसोलेसनमा रहेको मन्त्रालयले जनाएको छ ।
यसैगरी हाल ३२ जिल्ला कोरोना शुन्य भइसकेका छन्। सक्रिय संक्रमितमध्ये काठमाडौंमा ४३ जना, भक्तपुरमा ७ जना र ललितपुरमा १९ जना रहेका छन्। हालसम्म देशभर ११ हजार ९५१ जनाको कोरोनाबाट मृत्यु भएको छ ।
खराब कोलेस्टेरोल घटाउन के खाने ?
मुटुरोगबाट बच्न विचार व्यवस्थापन
क्षयरोग अन्त्य गर्ने विषयमा छलफल गर्न ३० देशका विज्ञहरु गोवामा भेला
लुम्बिनी प्रदेशको स्वास्थ्य सचिवमा डा वासुदेव उपाध्याय नियुक्त
स्वास्थ्य तथा जनसंख्या मन्त्रीमा प्रदीप यादव नियुक्त