टाइफाइड खोप लगाउन छुटेका बालबालिकालाई आज र भोलि लगाइँदै
हेल्थ टिभी अनलाइन \काठमाडौं : स्वास्थ्य कार्यालय काठमाडौंले टाइफाइड विरुद्धको खोप लगाउन छुटेका बालबालिकालाई आज र भोलि खोप लगाउने जनाएको छ ।
स्वास्थ्य कार्यालय काठमाडौंले खोप लगाउन छुटेका १५ महिनादेखि १५ वर्ष सम्मका बालबालिकालाई ८ वटा अस्पतालमार्फत खोप दिन लागेको भन्दै सुचना जारी गरेको हो । सरकारले चैत २५ गतेदेखि वैशाख ११ गतेसम्म टाइफाइड विरुद्धको खोपको राष्ट्रिय अभियान चलाएको थियो । विविध कारणवस अभियानका क्रममा खोप लगाउन छुटेकालाई खोप दिन लागिएको हो । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, निजामती कर्मचारी अस्पताल, वीर अस्पताल, त्रिवि शिक्षण अस्पताल, विरेन्द्र सैनिक अस्पताल लगायतका ८ वटा अस्पतालमा खोप केन्द्र तोकिएको छ ।
स्वास्थ्य कार्यालय काठमाडौंले आफना बालबालिकालाई आफनो नजिकको अस्पतालमा लगेर खोप लगाउन सबैलाई आग्रह गरेको छ ।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण