टाइफाइड खोप लगाउन छुटेका बालबालिकालाई आज र भोलि लगाइँदै
हेल्थ टिभी अनलाइन \काठमाडौं : स्वास्थ्य कार्यालय काठमाडौंले टाइफाइड विरुद्धको खोप लगाउन छुटेका बालबालिकालाई आज र भोलि खोप लगाउने जनाएको छ ।
स्वास्थ्य कार्यालय काठमाडौंले खोप लगाउन छुटेका १५ महिनादेखि १५ वर्ष सम्मका बालबालिकालाई ८ वटा अस्पतालमार्फत खोप दिन लागेको भन्दै सुचना जारी गरेको हो । सरकारले चैत २५ गतेदेखि वैशाख ११ गतेसम्म टाइफाइड विरुद्धको खोपको राष्ट्रिय अभियान चलाएको थियो । विविध कारणवस अभियानका क्रममा खोप लगाउन छुटेकालाई खोप दिन लागिएको हो । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, निजामती कर्मचारी अस्पताल, वीर अस्पताल, त्रिवि शिक्षण अस्पताल, विरेन्द्र सैनिक अस्पताल लगायतका ८ वटा अस्पतालमा खोप केन्द्र तोकिएको छ ।
स्वास्थ्य कार्यालय काठमाडौंले आफना बालबालिकालाई आफनो नजिकको अस्पतालमा लगेर खोप लगाउन सबैलाई आग्रह गरेको छ ।
वायु प्रदूषण बढेकाले सावधानी अपनाउन अपिल
औषधीय गुणले भरिपूर्ण सिस्नो
कर्णालीमा पहिलोपटक कम्युनिटी मेन्टल हेल्थ सम्बन्धी अन्तराष्ट्रिय सम्मेलन हुँदै
क्यान्सर भएको पुष्टि भएका यूकेका राजा चार्ल्सले पुनः सार्वजनिक दायित्व निर्वाह गर्ने
न्युरोसाइन्स सम्बन्धी १४ दिने अन्तराष्ट्रिय वर्कशप काठमाडौंमा