थप ११ जनामा कोरोना संक्रमण, १७ जना निको भए
हेल्थ टिभी अनलाइन \काठमाडौं : देशभर पछिल्लो २४ घण्टामा ११ जना नयाँ कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक अनुसार पछिल्लो २४ घण्टामा परीक्षण गरिएका ५ हजार ८९१ नमुना मध्ये ११ जनामा कोरोना संक्रमण पृष्टि भएको हो।
यसै गरी गत २४ घण्टामा १७ जना संक्रमित निको भएका छन् भने १ लाख २३ हजार ५९० जनाले कोरोना विरुद्धको खोप लगाएका छन्। साथै कोरोबाट मृत्यु हुनेको संख्या गत २४ घण्टामा शुन्य रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
हाल देशभर २५२ जना मात्र सक्रिय संक्रमित रहेका छन्।
अत्यधिक विषादी राखिएका तरकारी र फलफूलले क्यान्सर भयावह बन्दै : विज्ञ
ई- सिगरेटको आयात तथा बिक्री वितरण रोक्ने व्यवस्था कार्यान्वयन गर्न स्वास्थ्य मन्त्रालयको पत्र
वायु प्रदूषण बढेकाले सावधानी अपनाउन अपिल
औषधीय गुणले भरिपूर्ण सिस्नो
कर्णालीमा पहिलोपटक कम्युनिटी मेन्टल हेल्थ सम्बन्धी अन्तराष्ट्रिय सम्मेलन हुँदै