नेपालका ३१ जिल्ला कोरोना संक्रमित शुन्य
हेल्थ टिभी अनलाइन \काठमाडौं : नेपालका ३१ जिल्ला अहिले कोरोना संक्रमण शुन्य भएका छन्। केही समय यता संक्रमण दर कम हुँदै गएपछि देशका ३१ जिल्ला कोरोना शुन्य बनेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
ती जिल्लाहरुमा इलाम, ओखलढुंगा, बारा, पर्सा, खोटाङ, पाँचथर, भोजपुर, सप्तरी, महोत्तरी, रौतहट, दोलखा रहेका छन्। यसैगरी मनाङ, मुस्ताङ, नवलपरासी पूर्व, पर्वत, रुकुम पूर्व, कपिलवस्तु, गुल्मी, जाजरकोट, जुम्ला, डोल्पा, हुम्ला, रोल्पा, कालिकोट, मुगु, बाजुरा, दार्चुला, बझाङ, डडेल्धुरा पनि काेराेना संक्रमणशुन्य भएका छन्।
मन्त्रालयका अनुसार हाल देशभर २७१ जना मात्र सक्रिय संक्रमित छन्। उनीहरुमध्ये आइसीयू र भेन्टिलेटरमा संक्रमितको संख्या शुन्य रहेको छ भने संस्थागत आइसोलेसनमा पनि १ जना मात्र रहेका छन्।
मातृ तथा नवजात शिशु मृत्युदर घटाउन मिडवाइफको भूमिका महत्वपूर्ण
अत्यधिक विषादी राखिएका तरकारी र फलफूलले क्यान्सर भयावह बन्दै : विज्ञ
ई- सिगरेटको आयात तथा बिक्री वितरण रोक्ने व्यवस्था कार्यान्वयन गर्न स्वास्थ्य मन्त्रालयको पत्र
वायु प्रदूषण बढेकाले सावधानी अपनाउन अपिल
औषधीय गुणले भरिपूर्ण सिस्नो