नेपालका ३१ जिल्ला कोरोना संक्रमित शुन्य
हेल्थ टिभी अनलाइन \काठमाडौं : नेपालका ३१ जिल्ला अहिले कोरोना संक्रमण शुन्य भएका छन्। केही समय यता संक्रमण दर कम हुँदै गएपछि देशका ३१ जिल्ला कोरोना शुन्य बनेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
ती जिल्लाहरुमा इलाम, ओखलढुंगा, बारा, पर्सा, खोटाङ, पाँचथर, भोजपुर, सप्तरी, महोत्तरी, रौतहट, दोलखा रहेका छन्। यसैगरी मनाङ, मुस्ताङ, नवलपरासी पूर्व, पर्वत, रुकुम पूर्व, कपिलवस्तु, गुल्मी, जाजरकोट, जुम्ला, डोल्पा, हुम्ला, रोल्पा, कालिकोट, मुगु, बाजुरा, दार्चुला, बझाङ, डडेल्धुरा पनि काेराेना संक्रमणशुन्य भएका छन्।
मन्त्रालयका अनुसार हाल देशभर २७१ जना मात्र सक्रिय संक्रमित छन्। उनीहरुमध्ये आइसीयू र भेन्टिलेटरमा संक्रमितको संख्या शुन्य रहेको छ भने संस्थागत आइसोलेसनमा पनि १ जना मात्र रहेका छन्।





अफ्रिकामा महिलाका अधिकारमाथि चुनौती, ‘मापुटो प्रोटोकल’ बचाउन आह्वान
एमडीएच फर्मास्युटिकल्सलाई क्वालिटी अचिभमेन्ट अवार्ड
ल्वाङलाई औषधिको रुपमा कसरी प्रयोग गर्ने ?
नेपाली औषधि कम्पनी म्याग्नस फार्मा अन्तर्राष्ट्रिय गुणस्तर अवार्डबाट सम्मानित
क्यान्सर बिजेताहरुको एउटै आवाज -‘क्यान्सरलाई जित्न सकिन्छ’