सुर्तीजन्य पदार्थमा कर बढाउँदा अवैध व्यापार बढ्छ भन्नु गलत : अध्ययन
हेल्थ टिभी अनलाइन \काठमाडौं : सुर्तीजन्य पदार्थमा कर बढाउँदा यसको अवैध व्यापार फस्टाउँछ भन्ने कुरा गलत सावित भएको एक अध्ययनले देखाएको छ ।
नेपाल विकास अनुसन्धान प्रतिष्ठानले गरेको एक अध्ययन अनुसार सुर्तीजन्य पदार्थको कर बढाउँदैमा यसको अवैध व्यापार बढ्छ भन्ने कुरा गलत भएको देखाएको हो। नेपालमा सुर्तीजन्य पदार्थको उच्च कर विरुद्धको तर्कमा अवैध व्यापार बढ्छ भन्ने रहेको छ । तर यस भनाइलाई प्रतिष्ठानले गरेको अध्ययनले गलत सावित गरेको प्रतिष्ठानका महासचिव जयकुमार गुरुङले जनाएका छन्। सोमबार काठमाडौंमा एक कार्यक्रमकावीच अध्ययनको सार्वजनिक गर्दै उनले अहिलेसम्म कर बढाउन भन्दा दिइँदै आएको तर्क गलत सावित भएको बताए ।
उनले यस अध्ययन अनुसार ४ हजार ३ सय भन्दा बढी चुरोटका प्याकेट मध्ये शुन्य दशमलब ३३ प्रतिशत मात्र अवैध चुरोट फेला परेको जानकारी दिए । जसले प्रत्येक प्याकेटहरुमा १ भन्दा कमलाई प्रतिनिधित्व गर्छ । ती प्याकेट भारतको सिमा नाकाबाट अवैध रुपमा आएको नभई इन्डोनेशियाबाट आएको पाइयो ।
यसैले अब भने नसर्ने रोगको प्रमुख कारण बनेको सुर्तीजन्य पदार्थमा कर बढाएर यसको प्रयोगमा कमी ल्याउनपर्नेमा जोड दिए । उनले आउँदो वर्षको बजेटमा सुर्तीजन्य पदार्थमा ३५ देखि ६० प्रतिशतसम्म कर वृद्धि गर्नुपर्ने र हरेक वर्ष उल्लेखनीय वृद्धि गर्दै २ देखि ४ वर्षमा कम्तीमा भारतको सरह कर बनाउनुपर्ने बताए । उनले भने, ‘३५ प्रतिशतमात्र कर वृद्धि गर्दा पनि हालको राजस्व खपत भन्दा साढे ७ अर्ब सम्म राजस्व वृद्धि हुने देखिन्छ भने ३ देखि ७ प्रतिशतसम्म खपत घट्ने देखिन्छ । ६० प्रतिशतसम्म कर वृद्धि गरेमा हालको राजस्वभन्दा १२ अर्बसम्म वृद्धि हुने देखिन्छ ।’
कार्यक्रममा अनुसन्धानकर्ता अन्जना लामिछानेले बजारमा हल्ला गरिए अनुसारको सुर्तीजन्य पदार्थमा कर बढाउँदा यसको अवैध व्यापार बढ्ने भन्ने नदेखिएको जनाइन् । उनले नेपालमा नीति निर्मातावीच एउटै मात्र तर्क दिएर वषौंदेखि सुर्तीजन्य पदार्थमा कर बढाउन आनाकानी गरिरहेको भन्दै अब भने कर बढाउन कुनै बहाना बनाउन नपर्ने जनाइन्।
नेपालमा दक्षिण एसियाली मुलुकहरुमध्ये सबैभन्दा कम कर २०२१ /२२ मा (२५ प्रतिशत अन्त शुल्क वृद्धिपछि) जम्मा ३८ प्रतिशत रहेको पाइएको छ । एकातिर कर कम हुनु र अर्कोतिर मानिसको क्रयशक्ति बढ्दै जानुले थोरै मात्रा कर बढाएर मात्र यसको प्रयोगमा कमी नआएको देखिएको समेत अध्ययनमा उल्लेख छ । त्यसैले उल्लेखनीय रुपमा कर बढाउन माग गरिएको छ ।
पछिल्लो तथ्यांक अनुसार नेपालमा प्रत्येक वर्ष ३७ हजार ५२९ जनाको सुर्तीजन्य पदार्थको सेवनका कारण मृत्यु हुने गरेको छ ।
मातृ तथा नवजात शिशु मृत्युदर घटाउन मिडवाइफको भूमिका महत्वपूर्ण
अत्यधिक विषादी राखिएका तरकारी र फलफूलले क्यान्सर भयावह बन्दै : विज्ञ
ई- सिगरेटको आयात तथा बिक्री वितरण रोक्ने व्यवस्था कार्यान्वयन गर्न स्वास्थ्य मन्त्रालयको पत्र
वायु प्रदूषण बढेकाले सावधानी अपनाउन अपिल
औषधीय गुणले भरिपूर्ण सिस्नो