विश्व स्वास्थ्य संगठनका महानिर्देशकको नेपाल भ्रमण उपलब्धिमुलक भएको सरकारको दाबी
हेल्थ टिभी अनलाइन \काठमाडौं : सरकारले विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ) का महानिर्देशक डा टेड्रोस अधानोम ग्रेब्रेयससको नेपाल भ्रमण उपलब्धिमुलक रहेको बताएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज एक पत्रकार सम्मेलन गर्दै विश्व स्वास्थ्य संगठनका महानिर्देशक डा टेड्रोसको नेपाल भ्रमण उपलब्धिमुलक रहेको बताएको हो । स्वास्थ्यमन्त्री विरोध खतिवडाले डब्ल्यूएचओका महानिर्देशक डा गेब्रेयससले नेपालको तीन दिने भ्रमण फलदायी भएको बताएका हुन्।
डब्ल्युएचओका महानिर्देशक टेड्रोसले भेटवार्ताका क्रममा राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला विकासका बारेमा चासो लिएको उनले बताए। यसैगरी अत्याधुनिक आनुवंशिक प्रयोगशालाको विकास गर्न उपकरण तथा प्रशिक्षणमा सहयोग गर्ने इच्छा जाहेर गरेको मन्त्री खतिवडाले बताए।
तीन दिने भ्रमणका क्रममा टेड्रोसले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवा, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, परराष्ट्रमन्त्री डा नारायण खड्का र मन्त्री खतिवडासँग शिष्टाचार भेट गरेका थिए।





अफ्रिकामा महिलाका अधिकारमाथि चुनौती, ‘मापुटो प्रोटोकल’ बचाउन आह्वान
एमडीएच फर्मास्युटिकल्सलाई क्वालिटी अचिभमेन्ट अवार्ड
ल्वाङलाई औषधिको रुपमा कसरी प्रयोग गर्ने ?
नेपाली औषधि कम्पनी म्याग्नस फार्मा अन्तर्राष्ट्रिय गुणस्तर अवार्डबाट सम्मानित
क्यान्सर बिजेताहरुको एउटै आवाज -‘क्यान्सरलाई जित्न सकिन्छ’