आठौं नेपाल फर्मा एक्स्पोको तयारी पूरा, राष्ट्रपतिले उद्घाटन गर्ने
हेल्थ टिभी अनलाइन \काठमाडौं : नेपाल औषधि उत्पादक संघ (एपोन) ले गर्न लागेको ‘आठौं नेपाल फर्मा एक्स्पो -२०२२’ को तयारी अन्तिम चरणमा पुगेको छ ।
चितवनको भरतपुरमा चितवन एक्स्पो सेन्टरमा हुन लागेको आठौं फर्मा एक्स्पोको अन्तिम तयारी पूरा भइसकेको र राष्ट्रपति विद्यादेवी भण्डारीले उदघाट्न गर्ने तय भएको एक्स्पोका मिडिया संयोजक तथा एपोनका उपाध्यक्ष सन्तोष बरालले बताए । यही वैशाख ९ गते दिउँसो एक बजे राष्ट्रपति भण्डारीद्वारा एक्स्पोको उद्घाटन हुने कार्यक्रम रहेको छ ।
एपोनले नेपालमा उत्पादन हुँदै आएका औषधि र औषधि उत्पादनमा प्रयोग हुने प्रविधि, औजार, विभिन्न किसिमका मेसिन, कच्चापदार्थ, प्याकेजिङ लगायतमा भएका विकास र उपलब्धिहरुको प्रदर्शनी प्रत्येक दुई बर्षमा नेपाल फर्मा एक्स्पो मार्फत गर्दै आएको छ । एक्स्पोमा भारत, बंगलादेश, चीन लगायतका देशका औषधि उद्योगी तथा यसमा रुचि राख्नेहरुको जमघट हुनेछ ।
एक्स्पोको लागि १६१ वटा स्टल बुक भइसकेको र धमाधम तयार भइरहेको संयोजक बरालले जनाएका छन्। उनले भने, ‘भारत, बंगलादेश, चीन र नेपाल गरी १६१ वटा स्टल प्याक भएका छन्। । कोरोनाका कारण यसभन्दा अघि एक्स्पो हुन नसकेका कारण पनि यसपटक धेरैले स्टल राख्न रुचि राखेको तर सबैलाई स्टलका लागि स्पेस दिन नसकिएको बरालले जनाए ।
वैशाख ९ गते सुरु हुने एक्स्पो तीन दिनसम्म चल्नेछ ।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण