२४ घण्टामा १० जना कोरोना संक्रमित थपिए, देशभर सक्रिय संक्रमित ३३४ जना
हेल्थ टिभी अनलाइन \काठमाडौं : देशभर पछिल्लो २४ घण्टामा १० जना नयाँ कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसारगत २४ घण्टामा ४ हजार ४०३ जनाको नमुना परीक्षण गरिएकोमा १० जनामा कोरोना देखिएको हो । यसैगरी पछिल्लो २४ घण्टामा २६ जना कोरोना संक्रमित निको भएका छन् ।
उता यहीवीच ७२ हजार ६८९ जनाले कोरोना विरुद्धको खोप लगाएका छन्। हाल देशभर ३३४ जना मात्र सक्रिय कोरोना संक्रमित रहेका छन्।
मन्त्रालयका अनुसार हालसम्म ११ हजार ९५१ जनाले कोरोनाबाट ज्यान गुमाएका छन् भने ९ लाख ६६ हजार ३९९ जना निको भएका छन्।
मातृ तथा नवजात शिशु मृत्युदर घटाउन मिडवाइफको भूमिका महत्वपूर्ण
अत्यधिक विषादी राखिएका तरकारी र फलफूलले क्यान्सर भयावह बन्दै : विज्ञ
ई- सिगरेटको आयात तथा बिक्री वितरण रोक्ने व्यवस्था कार्यान्वयन गर्न स्वास्थ्य मन्त्रालयको पत्र
वायु प्रदूषण बढेकाले सावधानी अपनाउन अपिल
औषधीय गुणले भरिपूर्ण सिस्नो