पीसीआर प्रयोगशालाहरुद्धारा पोस्टर प्रस्तुतीकरण
हेल्थ टिभी अनलाइन \काठमाडौं : कोरोना महामारीका बेला कोरोना परीक्षण गर्ने नेपालका सरकारी तथा निजी प्रयोगशालाहरूले कसरी काम गरे र चुनौती के कस्ता रहे भन्ने विषयमा केन्द्रित रहेर एक दिने कार्यक्रम सम्पन्न भएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुले उक्त कार्यक्रमको आयोजना गरेको हो । कार्यक्रममा कोरोना महामारीका बेला पीसीआर परीक्षण गर्ने क्रममा प्राप्त गरेका अनुभव समेटेर पोस्टर प्रदर्शनी समेत गरिएको छ ।
कार्यक्रमको उदघाटन गर्दै स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री भवानीप्रसाद खापुङले प्रयोगशालाको महत्व पहिलेदेखि भए पनि कोभिड महामारीमा अझै यसको आवश्यकता कति छ भन्ने कुरा छर्लगं बनाएको जनाए । उनले राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाकी प्रमुख डा रुणा झा सहित सम्पूर्ण स्टाफले कोरोना महामारीका बेला रातदिन नभनी काम गरेको भन्दै खुलेरै प्रशंसा समेत गरे ।
प्रयोगशालाका सूचना अधिकारी राजेश गुप्ताले पोस्टरमा कोभिडको समयमा कसरी काम गरियो, कस्ता प्रविधिको प्रयोग भयो, यो बेला के कस्ता कठिनाइ र चुनौती भोग्नु पर्यो अब परीक्षणलाई निरन्तरता कसरी दिने भन्ने लगायतका विषयमा खुलाइएको जानकारी दिए ।
कोरोना महामारीपछि नेपालमा प्रयोगशालाको क्षेत्रमा निकै विकास भएको र नयाँ नयाँ प्रविधि भित्रिएको सहभागीहरूले जनाए ।
नेपालमा हाल निजी तथा सरकारी गरी १०५ वटा पीसीआर प्रयोगशाला सञ्चालन भइरहेका छन्।
कर्णालीमा पहिलोपटक कम्युनिटी मेन्टल हेल्थ सम्बन्धी अन्तराष्ट्रिय सम्मेलन हुँदै
क्यान्सर भएको पुष्टि भएका यूकेका राजा चार्ल्सले पुनः सार्वजनिक दायित्व निर्वाह गर्ने
न्युरोसाइन्स सम्बन्धी १४ दिने अन्तराष्ट्रिय वर्कशप काठमाडौंमा
कान्ति बाल अस्पतालले माग्यो ठूलो संख्यामा चिकित्सक तथा नर्स
जुनसुकै पालिकाको भए पनि अशक्त र गरिब नागरिकलाई काठमाडौं महानगरले नि:शुल्क उपचार दिने