आजदेखि देशभरका बालबालिकालाई ‘भिटामिन ए’ खुवाइँदै
हेल्थ टिभी अनलाइन \काठमाडौं : सरकारले आजदेखि देशरभरका ६ महिनादेखि ५ वर्ष सम्मका बालबालिकालाई भिटामिन ए खुवाउँदैछ । राष्ट्रिय भिटामिन ए कार्यक्रम अन्तरगर्त बालबालिकाहरुलाई भिटामिन ए तथा जुकाको औषधि खुवाउन लागिएको हो ।
देशभरका ७५३ वटै पालिकाबाट आज र भोलि भिटामिन ए तथा जुकाको औषधि खुवाउने कार्यक्रम रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
६ महिनादेखि ५९ महिना सम्मका बालबालिकालाई भिटामिन ‘ए’ र १ वर्षदेखि ५ वर्षसम्मका बालबालिकालाई जुकाको औषधि खुवाइने छ । स्थानीय तहले विद्यालय वा नजिकको स्वास्थ्य केन्द्रबाट औषधि खुवाउने छन् ।





अफ्रिकामा महिलाका अधिकारमाथि चुनौती, ‘मापुटो प्रोटोकल’ बचाउन आह्वान
एमडीएच फर्मास्युटिकल्सलाई क्वालिटी अचिभमेन्ट अवार्ड
ल्वाङलाई औषधिको रुपमा कसरी प्रयोग गर्ने ?
नेपाली औषधि कम्पनी म्याग्नस फार्मा अन्तर्राष्ट्रिय गुणस्तर अवार्डबाट सम्मानित
क्यान्सर बिजेताहरुको एउटै आवाज -‘क्यान्सरलाई जित्न सकिन्छ’