Health TV Online
Health TV Online
Health TV Online

बीएण्डसीको पहल : उपचार खर्च अभावमा साङ्लोमा बाँधिएका युवकको उद्धार

नि:शुल्क उपचार गरिदिने

बीएण्डसीको पहल : उपचार खर्च अभावमा साङ्लोमा बाँधिएका युवकको उद्धार

हेल्थ टिभी अनलाइन \काठमाडौं : मानसिक स्वास्थ्य अवस्था कमजोर भएका एक जना युवकले अब भने उपचार पाउने भएका छन्। झापा हल्दिबारीका २३ वर्षीय गंगाप्रसाद ढकालले उपचार नपाएका कारण उनलाई घरमा बाँधेर राखिएको थियो । झापास्थित बीएण्डसी अस्पतालका कार्यकारी निर्देशक दुर्गा प्रसाइले उनको सम्पूर्ण उपचार नि:शुल्क गरिदिने भन्दै उनको उद्धार गरेका हुन्।

मानसिक रोगका बिरामी ढकालका विषयमा विभिन्न सञ्चार माध्यममा खर्च अभावमा उपचार नपाएर बाँधिएर बसेको भन्ने जानकारी पाएपछि आफुले उद्धार गरी सम्पुर्ण उपचार नि:शुल्क गरिदिने घोषणा गरेको अस्पतालका कार्यकारी निर्देशक प्रसाइले बताए ।

उनले कुनै पनि व्यक्ति पैसा नभएर उपचारबाट बञ्चित हुन हुँदैन भनेर ढकालको उद्धार गरेकाे जनाए । उनको उद्धार गरी आजै सम्पूर्ण स्वास्थ्य जाँच सुरु गरिसकिएको अस्पतालका जनसम्पर्क अधिकृत प्रमिस गिरीले जानकारी दिए ।

यसभन्दा अघि पनि बीएण्डसी अस्पतालले आर्थिक अभावमा उपचार नपाएका बिरामीको उद्धार गर्दै आएको जनाएकाे छ ।

 

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार