आज विश्व हिमोफेलिया दिवस मनाइँदै
हेल्थ टिभी अनलाइन \काठमाडौं : आज विश्व हिमोफेलिया दिवस । हिमोफेलिया रोगको बारेमा सचेतना जगाउन यो दिवस अप्रिल १७ तारिखका दिन यो दिवस मनाउने गरिन्छ । हिमोफेलिया एक रगत सम्बन्धी रोग हो ।
कुनै पनि सामान्य व्यक्तिलाई चोट लागेपछि रगत बगेर केही समयमै रोकिन्छ । तर हिमोफेलिया भएका व्यक्तिमा भने चोट लागेको ठाउँमा बगिरहेको रगत जम्न पाउँदैन र यसको समयमै रोकथाम वा उपचार नगरे मृत्यु समेत हुनसक्छ ।
हिमोफेलिया रोग भएका व्यक्तिको शरीरमा रगत जमाउन आवश्यक तत्वहरुको कमीका कारण लामो समयसम्म रक्तश्राव भइरहने हुन्छ । त्यसैले उनीहरुलाई बाहिरबाट रगत चढाइरहन पर्ने हुन्छ ।
सरकारले हिमोफेलिया बिरामीको उपचार निशुल्क गर्दै आएको छ । तर अझै पनि धेरै जना उपचारको पहुँचमा आउन सकेका छैनन्।
गण्डकी प्रदेशको स्वास्थ्य मन्त्रीमा सीता सुन्दास नियुक्त
मातृ तथा नवजात शिशु मृत्युदर घटाउन मिडवाइफको भूमिका महत्वपूर्ण
अत्यधिक विषादी राखिएका तरकारी र फलफूलले क्यान्सर भयावह बन्दै : विज्ञ
ई- सिगरेटको आयात तथा बिक्री वितरण रोक्ने व्यवस्था कार्यान्वयन गर्न स्वास्थ्य मन्त्रालयको पत्र
वायु प्रदूषण बढेकाले सावधानी अपनाउन अपिल