ह्याम्स अस्पताल २५ औं वर्षमा प्रवेश, वर्षभर नै उपचारमा विशेष छुट
हेल्थ टिभी अनलाइन\ काठमाडौं : काठमाडौंको धुम्बाराहीमा रहेको ह्याम्स अस्पताल आजदेखि २५ औं वर्षमा प्रवेश गरेको छ । अस्पतालले आफनो रजत जयन्तीको अवसर पारेर बिरामीहरुका लागि उपचारमा विभिन्न सहुलियत एवम छुट प्याकेजहरु अघि सारेको छ ।
अस्पतालले यो वर्ष हरेक शनिबार विशेषज्ञ सेवाको ओपीडी शुल्क नि:शुल्क दिने निर्णय गरेको छ भने आवश्यकता अनुसार पहुँच नभएकाहरुलाई लक्षित गरेर स्वास्थ्य शिविरहरुको आयोजना समेत गर्ने भएको छ ।
यसैगरी बिरामीहरुलाई मध्यनजर गर्दै विशेषज्ञ डाक्टहरुको ओपीडी शुल्क समेत घटाइएको छ । अबदेखि विशेषज्ञ डाक्टरको ओपीडी शुल्क नयाँ बिरामी भए ६९० रुपैयाँ र फलो अपमा आउने बिरामीको हकमा ६५० रुपैयाँ मात्र निर्धारण गरिएको छ । यसैगरी अस्पतालमा आउने सबै बिरामीको ह्याम्स फेमिली मेम्बर कार्ड बनाइने र कार्ड देखाएपछि सबै खालका उपचारमा विशेष छुट दिने अस्पतालले जनाएको छ ।
अत्यधिक विषादी राखिएका तरकारी र फलफूलले क्यान्सर भयावह बन्दै : विज्ञ
ई- सिगरेटको आयात तथा बिक्री वितरण रोक्ने व्यवस्था कार्यान्वयन गर्न स्वास्थ्य मन्त्रालयको पत्र
वायु प्रदूषण बढेकाले सावधानी अपनाउन अपिल
औषधीय गुणले भरिपूर्ण सिस्नो
कर्णालीमा पहिलोपटक कम्युनिटी मेन्टल हेल्थ सम्बन्धी अन्तराष्ट्रिय सम्मेलन हुँदै