९ बुँदे घोषणापत्र जारी गर्दै स्वास्थ्य तथा जनसंख्या वैज्ञानिकको सम्मेलन सम्पन्न
हेल्थ टिभी अनलाइन\ काठमाडौं : स्वास्थ्य तथा जनसंख्या वैज्ञानिकहरुको आठौं शिखर सम्मेलन आज ९ बुँदे घोषणापत्र जारी गरी सम्पन्न भएको छ। नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले हरेक वर्ष गर्ने सम्मेलन आज आठौं सम्मेलनको तेस्रो दिन घोषणापत्र जारी गर्दै सम्पन्न भएको हो ।
सम्मेलनमा स्वास्थ्य तथा जनसंख्यासँग सम्बन्धित विषयमा अनुसन्धानकर्ताकहरुको आफ्नो खोज तथा अनुसन्धानकावारेमा ८७ वटा अनुसन्धानमूलक कार्यहरुको मोखिक प्रस्तुती, ४१ वटा पोष्टर प्रस्तुतीकरण तथा २२ वटा आमन्त्रित प्रस्तुतीकरण रहेको थियो ।
समापनको दिनमा ११ विधामा विभिन्न व्यक्तित्वहरुलाई पुरस्कृत पनि गरिएको छ।
यस्ता छन सम्मेलनमा जारी गरिएका घोषणापत्रमा उल्लेख बुँदाहरु:
१ .वैज्ञानिक स्वास्थ्य अनुसन्धान र प्रमाण संकलनको कार्यमार्फत नीति तर्जुमा कार्यलाई सहज बनाउन संघिय संरचनामा क्षमता अभिवृद्धि गर्ने ।
२ .स्वास्थ्य क्षेत्रलाइ अनुसन्धान, शिक्षण संस्था र उघोग लगायतका निकायहरुसँग समन्वय गर्ने ।
३. बायोमेडीकल, एपिडेमियोलोजिकल, क्लिनिकल अनुसन्धानका कार्यहरुलाई बिभिन्न सरोकारवाला निकायसँग संयोजन गरी प्रमाणमा आधारित निति र कार्यक्रम तर्जुमा गर्ने ।
४. परिष्कृत जनस्वास्थ्य परिणामका लागी बहूआयामिक क्षेत्रसँग समन्वयात्मक गतिविधि संचालन गर्ने ।
५. जलबायु परिवर्तनका सम्भावित खतराहरु, प्राकृतिक विपत्ति र उदीयमान सरुवा रोगहरुको पहिचान र नियन्त्रण योजना बनाउनलाई आवश्यक नवीन प्रविधिको प्रयोग गर्ने ।
६. नसर्ने रोगहरुको परिवर्तित ढाँचालाई सम्बोधन गर्न प्रारम्भिक रोकथाम, न्यूनीकरण, निदान र उपचारलाई प्रवद्र्धन गर्ने ।
७. गुणस्तरीय औषधिको उत्पादन प्रवर्धन गर्न औषधी उत्पादक निकायहरु र अनुसन्धान संस्था बिचमा पारस्परिक समन्वय गर्ने रणनीति अपनाउने ।
८.मातृ शिशु तथा बाल स्वास्थ्य कार्यक्रमको माध्यमबाट मृत्युदर न्यूनिकरणका लागि बहुपक्षीय प्रयत्नलाई सुदृढ गराउने।
९.जोखिमयुक्त जनसंख्याको स्वास्थ्य अधिकार संरक्षणका लागि अनुसन्धानका तथ्यांकहरु र नीतिको प्रयोग गरी लैङ्गिक समता र न्याय स्थापित गर्ने ।
वायु प्रदूषण बढेकाले सावधानी अपनाउन अपिल
औषधीय गुणले भरिपूर्ण सिस्नो
कर्णालीमा पहिलोपटक कम्युनिटी मेन्टल हेल्थ सम्बन्धी अन्तराष्ट्रिय सम्मेलन हुँदै
क्यान्सर भएको पुष्टि भएका यूकेका राजा चार्ल्सले पुनः सार्वजनिक दायित्व निर्वाह गर्ने
न्युरोसाइन्स सम्बन्धी १४ दिने अन्तराष्ट्रिय वर्कशप काठमाडौंमा