देशभर सक्रिय कोरोना संक्रमित ५६८ जना, ५४४ जना होम आइसोलेसनमा
हेल्थ टिभी अनलाइन \काठमाडौं : देशभर अहिले कोरोना संक्रमितको संख्या घटेर ५६८ मात्र रहेको छ । यीमध्ये १२ जनाको आइसीयू र भेन्टिलेटरमा उपचार भइरहेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक अनुसार ५६८ संक्रमितमध्ये ५४४ जना होम आइसोलेसनमा छन् भने २४ जना मात्र संस्थागत आइसोलेसनमा रहेका छन्।
यसैगरी ११ जना आइसीयूमा र १ जना भेन्टिलटरमा उपचाररत रहेको मन्त्रालयले जनाएको छ । नेपालमा कोरोना संक्रमणबाट निको हुने दर ९८ दशमलब ७ प्रतिशत रहेको छ । उता हालसम्म ११ हनार ९५१ जनाको कोरोनाबाट ज्यान गएको छ ।
देशका १६ जिल्ला कोरोनामुक्त भइसकेको पनि मन्त्रालयले जनाएको छ। कुनै समय कोरोनाको हटस्पट मानिएको काठमाडौं उपत्यकामा अहिले १७७ जना संक्रमित रहेका छन्। काठमाडौंमा ९५ जनाm ललितपुरमा ८० जना र भकतपुरमा २ जना मात्र सक्रिय संक्रमित रहेका छन्।
अत्यधिक विषादी राखिएका तरकारी र फलफूलले क्यान्सर भयावह बन्दै : विज्ञ
ई- सिगरेटको आयात तथा बिक्री वितरण रोक्ने व्यवस्था कार्यान्वयन गर्न स्वास्थ्य मन्त्रालयको पत्र
वायु प्रदूषण बढेकाले सावधानी अपनाउन अपिल
औषधीय गुणले भरिपूर्ण सिस्नो
कर्णालीमा पहिलोपटक कम्युनिटी मेन्टल हेल्थ सम्बन्धी अन्तराष्ट्रिय सम्मेलन हुँदै