देशभरका स्वास्थ्य वैज्ञानिक काठमाडौंमा भेला
हेल्थ टिभी अनलाइन \काठमाडौं : देशभरका स्वास्थ्य तथा जनसंख्या वैज्ञानिकहरु काठमाडौंमा भेला भएका छन्। नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले अयोजना गरेको तीन दिने आठौं स्वास्थ्य तथा जनसंख्या वैज्ञानिकको शिखर सम्मेलनका लागि उनीहरु काठमाडौंमा भेला भएका हुन्।
आइतबारदेखि सुरु भएको सम्मेलन मंगलबारसम्म चल्नेछ । सम्मेलनको उद्घाटन आज बागमती प्रदेशका मुख्य मन्त्री राजेन्द्र पाण्डेले गरेका हुन् । उनले सम्मेलनको उद्घाटन गर्दै बागमती प्रदेश सरकार स्वास्थ्य अनुसन्धानमा लगानी बढाउन तयार रहेको र त्यसका लागि कहाँ कसरी गर्ने भन्ने विषयमा छलफलमा आउन आग्रह गरे ।
सम्मेलनमा परिषद्का कार्यकारी प्रमुख डा प्रदिप ज्ञवालीले सम्मेलनको आवश्यकता र महत्वकोबारेमा जानकारी गराएका थिए । उनले स्वास्थ्यमा अनुसन्धान गर्नेहरुका लागि सम्मेलन ठूलो मेला रहेको र यसले नयाँ रिसर्चमा आउन चाहनेलाई पनि मोटिभेसन हुने र सरकारलाई यहींबाट आएका अनुसन्धानले नीति तथा कार्यक्रम बनाउन सजिलो हुने जनाए ।
सम्मेलनमा कोभिड १९, मानसिक स्वास्थ्य, स्वास्थ्य नीति, नसर्ने रोग, औषधि लगायतका विविध विषयमा प्रस्तुतीकरण रहेको थियो । सम्मेलन भोलिसम्म चल्नेछ ।
दीर्घ जीवनका लागि रिस त्याग्नुहोस्, शान्त रहनुहोस
बसाइ नमिल्दा ढाड दुख्ने समस्या !
काठमाडौंमा १७ जना औंलोको बिरामी, सबै आयातित
स्वास्थ्य मन्त्रालयले भन्यो, सरकारी अस्पतालमा काम गर्ने अनि निजीको विज्ञापन गर्न कहाँ पाइन्छ ?
गर्मीमा तातो हावा ‘लू’ बाट कसरी जोगिने ?