ह्याम्स अस्पतालले गरेको नि:शुल्क शिविरबाट एकैदिन ४५० जना बिरामीले लिए सेवा
हेल्थ टिभी अनलाइन\ काठमाडौं : काठमाडौंको धुम्बाराहीस्थित ह्याम्स अस्पताल र सिन्धु सदाबहार अस्पताल सिन्धुपाल्चोकको संयुक्त आयोजनामा सिन्धुपाल्चोकको खाँडीचौरमा भएको विशेषज्ञहितको स्वास्थ्य शिविरबाट ४५० जना बिरामीले स्वास्थ्य सेवा लिएका छन्।
यही चैत २६ गने शनिबार ह्याम्स अस्पतालका विशेषज्ञ चिकित्सकहरुको टोली गएर गरेको शिविरमा हाडजोर्नी, स्त्रीरोग, छाला रोग तथा नाक कान घाँटी सम्बन्धी समस्याको पहिचान गरी उनीहरुलाई औषधी समेत निशुल्क वितरण गरिएको थियो । शिविरमा समस्या पत्ता लागेर थप उपचार चाहिने र शल्यक्रिया गर्नुपर्ने बिरामीलाई ह्याम्स अस्पतालले विशेष छुट दिने बताएको छ ।
अस्पतालले आफनो सामाजिक उत्तरदायित्व अन्तर्गत रहेर विपन्न बिरामीहरुका लागि नि:शुल्क स्वास्थ्य शिविर गर्दै आएको जनाएको छ ।







किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण