स्वास्थ्य तथा जनसंख्या वैज्ञानिकको शिखर सम्मेलन आजदेखि सुरु
हेल्थ टिभी अनलाइन \काठमाडौं : नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को आयोजनामा आठौं स्वास्थ्य तथा जनसंख्या वैज्ञानिकहरुको शिखर सम्मेलन काठमाडौंमा आजदेखि सुरु भएको छ । तीन दिने उक्त सम्मेलनको नारा ‘स्वास्थ्य नीति तथा प्रणाली अनुसन्धानको प्रवद्धन : नेपालमा दृढ स्वास्थ्य प्रणालीका लागि पाठ’ रहेको छ ।
झण्डै ५ लाख मानिसले प्रत्यक्ष र अप्रत्यक्ष रुपमा सम्मेलनमा भाग लिने आयोजकको विश्वास रहेको छ । परिषद्ले हरेक वर्ष आफनो स्थापना दिवसको अवसर पारेर स्वास्थ्य तथा जनसंख्या वैज्ञानिकहरुको शिखर सम्मेलन विगत ८ वर्षदेखि गर्दै आएको छ । सम्मेलनमा देश विदेशमा स्वास्थ्यका क्षेत्रमा भएका नयाँ नयाँ अनुसन्धानकाबारेमा छलफल हुनेछ । सम्मेलनबाट आएका नयाँ अनुसन्धानबाट स्वास्थ्यको नीति बनाउन सरकारलाई सहयोग पुग्ने परिषद्का कार्यकारी प्रमुख डा प्रदिप ज्ञवाली बताउँछन्।
सम्मेलन आजबाट सुरु भए पनि उद्घाटन सत्र भने भोलि मात्र रहनेछ । सम्मेलनको उद्घाटन स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाले गर्ने जनाइएको छ ।
गण्डकी प्रदेशको स्वास्थ्य मन्त्रीमा सीता सुन्दास नियुक्त
मातृ तथा नवजात शिशु मृत्युदर घटाउन मिडवाइफको भूमिका महत्वपूर्ण
अत्यधिक विषादी राखिएका तरकारी र फलफूलले क्यान्सर भयावह बन्दै : विज्ञ
ई- सिगरेटको आयात तथा बिक्री वितरण रोक्ने व्यवस्था कार्यान्वयन गर्न स्वास्थ्य मन्त्रालयको पत्र
वायु प्रदूषण बढेकाले सावधानी अपनाउन अपिल