स्पार्क अस्पतालको एक दिने नि:शुल्क शिविरबाट २७५ जना बिरामीले लिए सेवा
हेल्थ टिभी अनलाइन \काठमाडौं : नेपाल मानव आधिकार संगठन काठमाडौं महानगरपालिका वडा नं १३ को संयोजन तथा स्पार्क हेल्थ होम अस्पताल तथा स्पार्क पोलिक्लिनिको संयुक्त आयोजनामा शनिबार नि:शुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ ।
शिविरमा सामान्य चिकित्सा तर्फ डा प्रकाश श्रेष्ठको नेतृत्वमा ११० जनाले सेवा लिए भने हाडजोर्नी तथा नशा एवम फिजियोथेरापी तर्फ डा अनिलकुमार महतोको नेतृत्वमा ८५ जना र डा प्रतिमा धमलाको नेतृत्वमा ८० जनाले दाँत तथा मुखको जाँच गरी जम्मा २७५ जनाले नि:शुल्क शिविरबाट स्वास्थ्य सेवा लिएको स्पार्क अस्पतालका निर्देशक रुपेश अधिकारीले जानकारी दिए ।
शिविरमा चिकित्सकहरुको सिफारिसमा भिडियो एक्सरे, सुगर जाँच तथा यूरिक एसिडको समेत जाँच गरिएको थियो ।
औषधीय गुणले भरिपूर्ण सिस्नो
कर्णालीमा पहिलोपटक कम्युनिटी मेन्टल हेल्थ सम्बन्धी अन्तराष्ट्रिय सम्मेलन हुँदै
क्यान्सर भएको पुष्टि भएका यूकेका राजा चार्ल्सले पुनः सार्वजनिक दायित्व निर्वाह गर्ने
न्युरोसाइन्स सम्बन्धी १४ दिने अन्तराष्ट्रिय वर्कशप काठमाडौंमा
कान्ति बाल अस्पतालले माग्यो ठूलो संख्यामा चिकित्सक तथा नर्स