स्पार्क अस्पतालको एक दिने नि:शुल्क शिविरबाट २७५ जना बिरामीले लिए सेवा
हेल्थ टिभी अनलाइन \काठमाडौं : नेपाल मानव आधिकार संगठन काठमाडौं महानगरपालिका वडा नं १३ को संयोजन तथा स्पार्क हेल्थ होम अस्पताल तथा स्पार्क पोलिक्लिनिको संयुक्त आयोजनामा शनिबार नि:शुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ ।
शिविरमा सामान्य चिकित्सा तर्फ डा प्रकाश श्रेष्ठको नेतृत्वमा ११० जनाले सेवा लिए भने हाडजोर्नी तथा नशा एवम फिजियोथेरापी तर्फ डा अनिलकुमार महतोको नेतृत्वमा ८५ जना र डा प्रतिमा धमलाको नेतृत्वमा ८० जनाले दाँत तथा मुखको जाँच गरी जम्मा २७५ जनाले नि:शुल्क शिविरबाट स्वास्थ्य सेवा लिएको स्पार्क अस्पतालका निर्देशक रुपेश अधिकारीले जानकारी दिए ।
शिविरमा चिकित्सकहरुको सिफारिसमा भिडियो एक्सरे, सुगर जाँच तथा यूरिक एसिडको समेत जाँच गरिएको थियो ।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण